• २०८१ बैशाख ४ मंगलबार

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, यस्तो छ पछिल्लो अपडेट 

kharibot

काठमाडौं । प्रत्यक्ष तर्फको निर्वाचन सकिएका निर्वाचन क्षेत्रहरुमा समानुपातिकतर्फको मतगणना भइरहेको छ र अन्तिम परिणाम आउने तयारीमा छ ।  निर्वाचन आयोगका अनुसार ७५ जिल्लाको मत गणना सकिएको छ भने अहिले सुनसरी र सर्लाहीको मतगणना भैरहेको छ । निर्वाचन आयोगका अनुसार आज मत गणना सकिने तयारीमा रहेको छ ।

हाल भइरहेको मतणनाको प्रारम्भिक नतिजा अनुसार एमाले र काँग्रेसबीच प्रतिष्पर्धा देखिएको छ भने माओवादी तेस्रो स्थानमा रहेको छ । पछिल्लो मत परिणाम अनुसार एमाले अगाडी रहेको छ । एमाले र काँग्रेसले ३१- ३१ लाख मत कटाएका छन् । त्यस्तै राजपाले ४ लाख मत र विवेकशीलले २ लाख मत कटाएका छन् ।

त्यस्तै थ्रेस होल्ड कटाएर राष्ट्रिय दल बन्न सफल राजपाले फोरमलाई जित्दै चौथो स्थानमा रहेको छ भने राप्रपा र विवेकशील थ्रेस होल्ड कटाउन नसक्ने देखिएका छन् ।

पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । माओवादी केन्द्रले पनि १२ लाख मत कटाएको छ ।  त्यस्तै विवेकशील छैठौ स्थानमा रहेको छ । त्यस्तै राप्रपा सातौ र राप्रपा-प्रजातान्त्रिक आठौ स्थानमा रहेको छ ।  त्यस्तै नयाँ शक्ति नवौ र राजमो दशौ स्थानमा रहेका छन् ।

आइतबार मध्याह्न १२ बजेसम्मको समानुपातिकतर्फ खसेको मत यस्तो छ-
 

१. नेकपा एमाले- ३१७१०१७                 
२. नेपाली कांग्रेस- ३१२४७९०                     
३. माओवादी केन्द्र – १३०२३४७                         
४. राजपा – ४७२२३९                   
५. फोरम – ४७०१६३       
६. विवेकशील -२१२३४८               
७. राप्रपा – १९६६४४   
८ राप्रपा प्रजातान्त्रिक – ८८३६९                                   
९. नयाँ शक्ति – ८१७४७                     
१०. राजमो – ६२१३३                       


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै