उत्तर कोरियासँगको विकल्प "सैनिक समाधान" : ट्रम्प

खरीबोट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

वासिङ्टन (अमेरिका) । उत्तर कोरियासँगको विकल्प ‘तयारी अवस्थामा वन्द’ रहेको हतियार भएको शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । 

ट्रम्पले उत्तर कोरियाको हतियार दम्भप्रति इङगित गर्दै र उत्तर कोरिया बुद्धिमान् भएर प्रस्तुत नभए यसको समाधान ठाउँमा पूर्णतया ‘बन्द तर तयारी’ अवस्थामा रहेको बताउदै नेता किम जोङ उनले युद्धको नभै अर्को बाटो लिने विश्वास आफ्नो ट्वीटर मार्फत जनाएका छन्  । 

अमेरिकी राष्ट्रपतिको उत्तर कोरियाली आणविक तथा ब्यालेष्टिक क्षेप्यास्त्र कार्यक्रमका बिषयमा व्यक्त लडाईका शब्द र उत्तर कोरियाद्वारा निरन्तर गर्दै आएका हतियार परीक्षण दुवै काम गलत भएका भन्दै बेइजिङले रिसमा दिइएका अभिव्यक्तिलाई शान्त पार्न उनीहरूलाई आग्रह गरेको छ । 

एक दिन पहिले अमेरिकी राष्ट्रपति ट्रम्पले प्योङयाङविरुद्ध कडा चेतावनी दिँदै अमेरिकालाई तर्साउने प्रक्रिया जारी राखेमा उसले नराम्रो प्रतिफल पाउने चेतावनी दिनुभएको थियो । ट्रम्पले आफ्ना कुरा अझै कडा नभएको भन्दै थप कडा भएर प्रस्तुत हुने बताए । 

अमेरिकी राष्ट्रपतिले उत्तर कोरियालाई अमेरिकी माटोमामाथि आक्रमण गर्नुपूर्र्व ‘धेरै धेरै संवेदनशील’ भएर सोच्न आग्रह गर्नुभएको थियो । उत्तर कोरियामाथि थप आर्थिक प्रतिवन्द लगाउने अमेरिकी प्रस्ताव संयुक्त राष्ट्रसङ्घबाट पासभएपछि र राष्ट्रसङ्घले आर्थिक प्रतिवन्धलाई कडा पारेपछि थप रुष्ट देखिएको छ । 

यही बर्षको जुलाईमा उत्तर कोरियाले लगातार दुई अन्तर महादेशीय क्षेप्यास्त्र परीक्षण गरेपछि प्योङ्याङ र अमेरिकाबीच तनाव चुलिउको छ । 

सम्बन्धित समाचार

ट्रम्पको निर्वाचन अभियानका व्यवस्थापक मानाफोर्टमाथि घुष लिएको आरोप

वासिङ्टन ।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको राष्ट्रपतिको निर्वाचन अभियानका पूर्व व्यवस्थापक पल मानाफोर्टविरूद्ध उक्त चुनावमा भएको भनिएको रसियाली हस्तक्षेपसम्बन्धी अनुसन्धानका विशेष जाँचकर्ता रोबर्ट मलरले नयाँ अभियोग दर्ता गराएका छन् ।    वासिङ्टन संघीय अदालतमा दायर

प्रधानमन्त्री ओलीलाई अमेरिकी राष्ट्रपति ट्रम्पको शुभकामना 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुभकामना सन्देश पठाएका छन् ।  अमेरिकास्थित नेपाली राजदूतावास मार्फत उनले यो सन्देश पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  सन्देशमा नेपालको दिगो विकास

अमेरिकी राष्ट्रपति ट्रम्पका छोरा भारत भ्रमणमा

नयाँदिल्ली ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जेआर एक हप्ता लामो भ्रमणका लागि मंगलबार भारत आइपुगेका छन्  ।  भारतको राजधानी नयाँदिल्लीमा हुन लागेको विश्व व्यापार सम्मेलनमा उहाँ सहभागी हुने भ्रमण तालिका रहेको छ

डोनाल्ड ट्रम्प र अमेरिकी ‘सफ्ट पावर’को गिरावट

क्याम्ब्रिज । सबुत स्पष्ट छ । डोनाल्ड ट्रम्पको राष्ट्रपति पदले अमेरिकी सफ्ट पावर कम भएको छ । ग्यालपद्वारा १३४ मुलुकमा हालै गरिएको मत सर्वेक्षणमा ३० प्रतिशत मानिस मात्र ट्रम्प नेतृत्वको