• २०८१ बैशाख ७ शुक्रबार

काठमाडौँ–हेटौडा द्रुत राजमार्ग आयोजना सेनालाई हस्तान्तरण

kharibot

फाइल तस्विर

काठमाडौँ ।  सरकारले काठमाडौँ–हेटौडा द्रुतमार्ग सडक आयोजना नेपाली सेनालाई हस्तान्तरण गरेको छ । 

सरकारले गत वैशाख २१ गते राष्ट्रिय गौरवको उच्च प्राथमिकता प्राप्त दु्रतमार्ग सडक आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण गर्ने निर्णय गरेको थियो ।

नेपाली सेनाका तर्फबाट इन्जिनीयरिङ विभाग तथा आयोजना प्रमुख उपरथी योगेन्द्रबहादुर खाँण र सडक विभाग मातहत तत्कालीन आयोजना प्रमुख सत्येन्द्र शाक्यबीच बुझबुझारथ भई आयोजना हस्तान्तरण भएको घोषणा आज गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । 

निकै महत्वाकांक्षी आयोजनाका रुपमा रहेको द्रुतमार्ग आगामी चार वर्षभित्र निर्माण गरिने लक्ष्य राखिएको छ । आयोजनाको प्रारम्भिक लागत रु एक खर्ब १२ अर्ब अनुमान गरिएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै