• २०८१ बैशाख ६ बिहीबार

प्रिमियर लिगमा म्यानचेस्टर सिटीको कीर्तिमानी जित 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिगको शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले लगातार १६औं खेल जित्दै कीर्तिमान बनाएको छ । 

सिटी एकै सिजनमा लगातार सबैभन्दा धेरै खेल जित्ने टिम बनेको हो । घरेलु मैदानमा भएको खेलमा शीर्ष स्थानको होडमा आफूलाई उभ्याउँदै आएको टोटनह्यामलाई ४–१ ले पराजित गर्दै सिटीले यो कीर्तिमान बनाएको हो ।

सिटीको जितमा रहिम स्ट्रर्लिङले दुई तथा इल्के गनडोगन र केविन डि ब्राउनले एक एक गोल गरेका थिए । टोटनह्यामका लागि क्रिष्टियन एरिक्सनले एक गोल फर्काए । खेलका १४औं मिनेटमा गनडोगनको गोलबाट सुरुवाति अग्रता लिएको सिटीले पहिलो हाफमा थप गोल गर्न सकेन । 

त्यस्तै सिटले दोस्रो हाफमा उसले थप तीन गोल गरेको थियो । त्यसपछि केभिन डि ब्राउनले ७०औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए । स्ट्रर्लिङले खेलको ८०औ र ९०औं मिनेटमा गरी दुई गोल गरेका हुन् । इन्जुरी समयको तेस्रो मिनेटमा एरिक्सनले टोटनह्यामका लागि एक सान्त्वना गोल फर्काएका थिए । 

जितपछि म्यानचेस्टर सिटीले लिगमा १८ खेलमा ५२ अंकसहित १४ अंकको अग्रता लिएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ३८ अंक छ । पराजित भएको टोटनह्याम ३१ अंकसहित सातौं स्थानमा छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै