• २०८१ बैशाख ७ शुक्रबार

क्लब विश्वकपको उपाधि रियल म्याड्रिडले जित्यो, रोनाल्डोले गरे निर्णायक गोल 

kharibot

काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिडले ब्राजिलियन क्लब ग्रेमियोलाई पराजित गर्दै क्लब विश्व कपको उपाधि जितेको छ ।

गएराती भएको खेलमा क्रिस्टियानो रोनाल्डोले गरेको एक मात्र गोलले रियलले सो उपाधि जितेको हो । रियलले क्लब विश्व कप तीन पटक जित्दै आफ्नो प्रतिद्वन्दी क्लब बार्सिलोनासँग बराबरी गरेको छ । साथै रियल म्याड्रिड क्लब विश्वकप लगातार दुई पटक जित्ने पहिलो क्लब बनेको छ ।

युएईको अबुधाबीमा भएको खेलमा पहिलो हाफ बिना कुनै गोल बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५३औ मिनेटमा रोनाल्डोले हानेको फ्रिकिक गोलमा परिणत भएपछि रियल म्याड्रिडले १-० को अग्रता लिएको थियो । त्यसको एक मिनेटपछि रियल रोनाल्डोले अर्को गोल गरेपनि सो गोल भने दिइएको थिएन । त्यसपछि खेलमा कुनै गोल भएन र खेल रियलले १-० ले जित्यो ।

यस फाइनलमा गोल गरेर रोनाल्डोले यस बर्ष च्याम्पियन्स लिग फाइनल, स्पेनिश सुपर कप फाइनल र क्लब विश्वकप फाइनलमा गरी तिनै फाइनलमा गोल गरेर रियललाई जिताएका छन् । साथै रोनाल्डोले क्लब विश्वकपमा ७ गोल गरेर उच्च गोलकर्ता पनि बनेका छन् ।

त्यस्तै यस उपाधि सहित रियल म्याड्रिडले यस बर्ष पाचौ उपाधि जितेको छ । यस बर्ष रियल म्याड्रिडले ला लिगा, च्याम्पियन्स लिग, स्पेनिस सुपर कोपा, युइएफए सुपर कप र क्लब विश्वकप गरी पाँच उपाधि जितेको हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै