• २०८१ बैशाख ११ मंगलबार

समानुपातिकतर्फको मतपरिणाम अपडेट : एमाले शिर्ष स्थान कायमै, काँग्रेसले कटायो ३१ लाख मत   

kharibot

काठमाडौं । प्रत्यक्ष तर्फको निर्वाचन सकिएका निर्वाचन क्षेत्रहरुमा समानुपातिकतर्फको मतगणना भइरहेको छ र अन्तिम परिणाम आउने तयारीमा छ ।  निर्वाचन आयोगका अनुसार ७३ जिल्लाको मत गणना सकिएको छ ।

हाल भइरहेको मतणनाको प्रारम्भिक नतिजा अनुसार एमाले र काँग्रेसबीच प्रतिष्पर्धा देखिएको छ भने माओवादी तेस्रो स्थानमा रहेको छ । पछिल्लो मत परिणाम अनुसार एमाले अगाडी रहेको छ । एमाले र काँग्रेसले ३१- ३१ लाख मत कटाएका छन् । त्यस्तै राजपाले ४ लाख मत र विवेकशीलले २ लाख मत कटाएका छन् ।

त्यस्तै फोरम र राजपाले थ्रेस होल्डको सिमा कटाउदै राष्ट्रिय दल बनेका छन् राप्रपा र विवेकशील थ्रेस होल्ड कटाउन नसक्ने देखिएका छन् ।

पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । माओवादी केन्द्रले पनि १२ लाख मत कटाएको छ ।  त्यस्तै फोरम चौथो स्थानमा रहेको छ भने राजापा पाचौ, राप्रपा छैठौ स्थानमा रहेको छ । त्यस्तै विवेकशील सातौ र राप्रपा-प्रजातान्त्रिक आठौ स्थानमा रहेको छ ।  त्यस्तै नयाँ शक्ति नवौ र राजमो दशौ स्थानमा रहेका छन् ।

शनिबार अपराह्न ३ बजेसम्मको समानुपातिकतर्फ खसेको मत यस्तो छ-
 

१. नेकपा एमाले- ३१५५७७६                 
२. नेपाली कांग्रेस- ३१००५१६                     
३. माओवादी केन्द्र – १२९३९३१                         
४. फोरम – ४६४१८१                   
५. राजपा – ४६२४९९       
६. विवेकशील -२१२१५३               
७. राप्रपा – १९५९६०   
८ राप्रपा प्रजातान्त्रिक – ८८०८४                                   
९. नयाँ शक्ति – ८११५९                     
१०. राजमो – ६२११७                      


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै