• २०८१ बैशाख ७ शुक्रबार

देवेन्द्र पौडेलसहित १५ जना नेतालाई नयाँ शक्तिले सोध्यो २४ घन्टे स्पष्टिकरण 

kharibot

फाइल तस्विर

काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालले पार्टीका वरिष्ठ नेता देवेन्द्र पौडेलसहित १५ जनालाई २४ घन्टे स्पष्टिकरण सोधेको छ । नयाँ शक्तिले आज एक वक्तव्यजारी गर्दै पार्टी र उनीहरुको बुझाइमा भिन्नता भए छलफल गर्न सकिने भन्दै पार्टी हित विपरित हुने कसैलाईपनि पार्टीले सहन गर्न नसक्ने उल्लेख गरेको छ । 

नयाँ शक्तिका नेता देवेन्द्र पौडेलसहित १५ जना नेताहरुले विहिबार पत्रकार सम्मेलन गर्दै पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नयाँ राजनीतिक चिन्तनको मूल्य र मान्यतालाई आत्मसात् गर्न नसकेको बताएका थिए ।

उनीहरुले परिवर्तनकारी शक्तिसँगको एकता र सहकार्यलाई लत्याएर एकांगी तवरले संयोजक डा भट्टराई अगाडि बढ्न खोजेको आरोप लगाएका थिए । नेता पौडेलले केवल नाराले मात्रै नयाँ नहुने बरु व्यवहार र राजनीतिक विषय जनपक्षीय हुनुपर्नेमा त्यसो हुन नसकेको बताएका थिए । विहिबारको पत्रकार सम्मेलनमा देवेन्द्र पौडेल सहित नेता महेन्द्र पासवान, वामदेव क्षेत्री, कुमार पौडेल, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला श्रीपाइली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहिद अन्सारी, लालकिरण शर्मा, शर्मिली लामा, रत्न राना र रवीन्द्र सुनारको सहभागिता थियो ।

नयाँ शक्तिले पार्टी संघीय परिषद सदस्य देवेन्द्र पौडेलसहित १५ जनाले पत्रकार सम्मेलन गरी पार्टीको विचार, नेतृत्व र कार्यदिशाका बारेमा विभिन्न भ्रामक धारणा सार्वजनिक गरेको भन्दै उनीहरुले भरखरै सम्पन्न पार्टीको संघीय परिषद बैठकमा कुनै फरक धारणा दर्ज नगराएको उल्लेख गरेको छ ।

संयोजकका तर्फबाट प्रस्तुत राजनीतिक प्रतिवेदनप्रति पूर्ण सहमति जनाएको कुरा बैठकमा उपस्थित सबै सहभागीहरुलाई विदितै भएको विषय हो भन्दै तेस्रो संघीय परिषद बैठकको भावना र निर्णयको प्रकाशमा प्रतिवेदनलाई परिमार्जन गर्ने, पार्टी कार्यनीति र कार्यदिशालाई अझ प्रष्ट गर्ने, पार्टीको संगठनात्मक पुनर्गठन गर्ने आन्तरिक गृहकार्य भइरहेका वेला किन र कुन उद्देश्यले त्यस्तो पत्रकार सम्मेलन गर्नु परेको हो ? पार्टीभित्रै आफ्ना कुरा भन्ने पूर्ण लोकतान्त्रिक अधिकार हुँदाहुँदै किन त्यस्तो गर्नु पर्‍यो ? गम्भीर प्रश्न उठेको नयाँ शक्तिले उल्लेख गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै