• २०८१ बैशाख १३ बिहीबार

क्रिष्टियानो रोनाल्डो रियलमै रहन्छन – प्रशिक्षक जिदान

kharibot

काठमाडौँ, रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले क्रिष्टियानो रोनाल्डो रियलमै रहने बताएका छन् ।

एक अन्तर्वार्ताका क्रममा जिदानले रोनाल्डो अहिले बिदामा रहेको र मसंगको कुरामा रोनाल्डो क्लब छोडेर जाने संकेत आफुले नपाएको बताएका छन् । पछिल्लो समय रोनाल्डो कर विवादमा फसेपछि उनका नजिकका साथीहरुको हवाला दिदै रियल छोड्न चाहेको खबर बाहिर आएको थियो ।

रियलको टिम हाल मैत्रिपूर्ण खेल अन्तर्गत युनाइटेडसँगको खेलको पूर्व सन्ध्यामा अमेरिका भ्रमणमा रहेको छ । रोनाल्डो अहिले परिवारका साथ बिदा मनाइरहेका छन् । बिदा सकिना साथ रोनाल्डो टिममा फर्किने भन्दै जिदानले एक सिजनमा ५० देखि ७० खेल खेल्नु पर्ने भएकाले खेलाडीलाइ व्यवस्थापन अग्रण चुनौती रहेको भन्दै यो काम आफुले राम्ररी गरिरहेको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै