• २०८१ बैशाख १४ शुक्रबार

रोनाल्डोले दिए पारिश्रमिक बढाउन रियल म्याड्रिडलाई दबाब

kharibot

काठमाडौँ । रियल म्याड्रिडका पोर्चुगेली स्टार क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छोड्ने सोचाई बनाएको रिपोर्ट यस सिजनको सुरु देखि नै आइरहेको छ । 

पछिल्लो पटक भने रोनाल्डोले आफ्नो पारिश्रमिक बढाउन क्लबलाई दबाब दिएको रिपोर्ट बाहिर आएको छ । सन् २०२१ सम्म क्लबमा सम्झौता गरेका रोनाल्डोले फिफा बर्ष खेलाडी र बेलुन डोअर अवार्ड जितेपछि क्लबलाई थप पारिश्रमिकको माग गरेको स्पेनिस मिडियाहरुले उल्लेख गरेका छन् । 

मिडिया रिपोर्टका अनुसार रोनाल्डोले आफु अहिलेपनि विश्वको उत्कृष्ट खेलाडी भएकाले क्लबले थप प्ररिश्रमिक दिनुपर्ने बताउदै आएका छन् । रोनाल्डोको यस्तो प्रस्तावबाट क्लब अप्ठयारोमा परेको बताइएको छ ।

सन् २०२१ पछि रियलमा आफ्नो संझौता नवीकरण नगर्ने जनाएका रोनाल्डोलाई रियलले भने अहिलेनै गुमाउन चाहेको छैन । रोनाल्डोको ब्रान्ड मुल्य अहिलेपनि विश्वमा उच्च रहेकाले क्लबले आफ्नो कमर्सियल आम्दानीमा असर पुग्ने डरले रोनाल्डोसँग खुलेर वार्ता नगरेको स्पेनिस मिडियामा चर्चा चलेको छ ।

क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले रोनाल्डोले क्लब छाड्ने निर्णय गरे २०० मिलीयन युरो तिर्नु पर्ने प्रस्ताव राखेको पनि रिपोर्ट आएको छ । यस सिजनमा ला लिगा चौथो स्थानमा रहेको रियल म्याड्रिड रोनाल्डोको यस सिजनको प्रदर्शनकारण संघर्ष गरिरहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै