गोविन्द केसी तिमी याद आउनेछौ [कविता]

खरीबोट

युवा कवि अनुप जोशी ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

गोविन्द केसी मृत्युशैयामा हाम्रो स्वास्थ्यको लागि लडिरहँदा
हामी 'माइली साइरस' र 'निक्की मिनाज'का नग्न गीतहरुमा हराइरहेका छौं
तर एकदिन यस्तो त दिन आउनेछ
जब हाम्रो मगजमा गोविन्द केसीमात्रै याद आउनेछन्

जब पैसा नभएर ज्यूँदो लास अस्पतालको ढोकाबाट फर्कनेछ
गोविन्द केसी
तिमी याद आउनेछौ

जब सानो अपरेसन गर्दा आफन्तको अकालमै ज्यान जानेछ
सर्पजस्ता नक्कली डाक्टरहरुले विरामीलाई डस्नेछन्
जब १० गुणा चर्को मूल्यमा औषधि किन्दा गाउँको खेत बन्दकी राख्नुपर्नेछ
गोविन्द केसी
तिमी याद आउनेछौ

म अकमक्क पर्छु-
यो अस्पताल हो कि बधशाला
जहाँ विरामीलाई पशुवत व्यवहार गरिन्छ
प्रत्येकपल्ट अस्पतालको कुटिल दृश्य देख्दा
गोविन्द केसी – तिमी याद आउनेछौ

यो देशमा रक्सी भट्टीभन्दा धेरै मेडिकल कलेजहरु खुल्न तयार छन्
तर जब मेधावी विद्यार्थीले करोडको अभावमा कुनैमा पनि भर्ना पाउंदैन
तब गोविन्द केसी तिमी याद आउनेछौ

यहाँ सत्यलाई कुल्चिरहेछन् सासकहरु
चम्किला दीपहरुलाई धमाधम निभाईरहेछन् उनीहरु
ताकी अध्यारोमा मनपरी गर्न सकियोस्

अहिले गोविन्द केसी मृत्युशैयामा छन्
तर कुनै दिन त हामी आफैं पनि त्यहिँ पुर्याइने छौं
त्यतिबेला- गोविन्द केसी तिमी याद आउनेछौ

तर तिमीलाई याद गरेर पछुताउनुपूर्व नै
तिमीलाई निभ्न नदिनु छ
तिम्रो चमकलाई बचाईराख्नु छ

सम्बन्धित समाचार

डा गोविन्द केसी बाढीपीडितको उपचारमा

राजविराज । प्रा डा गोविन्द केसीले सप्तरीका करिब एक हजार बाढीपीडित बिरामीको शुक्रबार देखि निःशुल्क स्वास्थ्य उपचार गर्न सुरु गरेका छन्  । कञ्चनरुप नगरपालिका–६ स्थित धर्मपुरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा डा केसीसहितको चिकित्सकको एक

प्रधानमन्त्री तथा शीर्षनेताद्वारा डा केसीलाई अनशन तोड्न आग्रह

 काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले डा गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेका छन् ।  शनिबार साँझ प्रधानमन्त्री तथा

संसदीय समितिबाट चिकित्सा शिक्षा विधेयक संशोधन सहित पारित, डा.केसीको माग सम्बोधन 

काठमाडौँ । संसदको महिला, बालबालिका तथा समाज कल्याण समितिले चिकित्सा शिक्षा विधेयक संशोधनसहित पारित गरेको छ। शुक्रबार प्रधानमन्त्रीको सक्रियतामा बालुवाटारमा शिक्षा र स्वास्थ्यमन्त्री, माओवादी नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस नेता तथा पुर्व

डा. केसीका माग पुरा गर्न प्रधानमन्त्री देउवा सक्रिय, चिकित्सा शिक्षा विधेयकको विवाद मिल्ने संकेत  

काठमाडौँ  । सरकारले डा.गोविन्द केसीका माग सम्बोधन गर्न विशेष पहल गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा चिकित्सा शिक्षा विधेयकको विवाद मिलाउने मोटामोटी सहमति भएको बताइएको छ ।  शुक्रबार बालुवाटारमा शिक्षा र