• २०८१ बैशाख १४ शुक्रबार

सन्यास लिएपछि प्रेमिकासँग थाइल्याण्डमा भेटिए उसेन बोल्ट 

kharibot

काठमाडौँ । संसारकै तेज धावक उसेन बोल्ट सन्यास पछि थाईल्याण्डमा आफ्नो प्रेमिकासँग छुट्टी मनाउदै भेटिएका छन् । हालै उनकी प्रेमिका कासी बेन्नेटले सामाजिक सञ्जालमा बोल्टसँगको तस्बिर सार्वजनिक गरेपछि बोल्ट थाइल्याण्डमा छुट्टी मानिरहेको खुलासा भएको हो ।

३१ बर्षिय जमैकन धावक बोल्ट गत अगष्टमा आफ्नो अन्तिम दौड विश्व एथलेटिक च्याम्पियनसिप भएको ४x१०० मिटरको रिले दौडमा बोल्ट घाइते हुदै जीवनको अन्तिम दौडमा विना पदक क्यारियरको अन्त्य गरेका थिए ।

सो दौडमा रिलेको आखिरी ल्याप दौडिन आएका बोल्ट दौड सुरु गर्नासाथ घाइते भएका थिए । उनि घाइते भएर मैदानमा लडेका थिए । यस दौडमा ब्रिटेनले गोल्ड मेडल जित्यो भने अमेरिकाले सिल्भर र जापानले ब्रोंज मेडल जितेको थियो । 

आफ्नो क्यारियरका १९ मुख्य च्याम्पियनसिप जितेका बोल्ट सो दौडसँगै आफ्नो क्यारियरबाट सन्यास लिएका थिए । हालै जमैकामा उनको प्रतिमा अनावरण गर्दाको क्षण बोल्टले आफ्नो खेल जीवनको उत्कृष्ट क्षण भएको बताएका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै