• २०८१ बैशाख १४ शुक्रबार

संसदीय समितिबाट चिकित्सा शिक्षा विधेयक संशोधन सहित पारित, डा.केसीको माग सम्बोधन 

kharibot

अनशनरत डा. गोविन्द केसी

काठमाडौँ । संसदको महिला, बालबालिका तथा समाज कल्याण समितिले चिकित्सा शिक्षा विधेयक संशोधनसहित पारित गरेको छ।

शुक्रबार प्रधानमन्त्रीको सक्रियतामा बालुवाटारमा शिक्षा र स्वास्थ्यमन्त्री, माओवादी नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस नेता तथा पुर्व स्वास्थ्यमन्त्री गगन थापा, केदारभक्त माथेमा, भगवान कोइराला, महिला बालबालिका समितिका सभापति रञ्जु झाका साथै सांसदहरुको पस्थितिमा भएको छलफलमा विधेयकको दफा १३ मा उल्लेख भएका विषयलाई मिलाउने सहमति जुटे अनुसार संशोधन गरी समितिले विधेयक पारित गरेको बताइएको छ । 

विवादित दफा १३ दफामा मध्यमार्गी समाधान निकाल्दै बैठकले आशयपत्र लिएर पूर्वाधार समेत निर्माण गरेका कलेजको सम्बन्धनका विषयमा चिकित्सा शिक्षा आयोगले निर्णय गर्न सक्ने गरी समझदारी बनाएको थियो। साथै, आगामी दश वर्षसम्म उपत्यका भित्र कुनैपनि मेडिकल कलेजलाई सम्बन्धन नदिने विषयमा पनि सहमति भएको थियो। विधेयक पारित भएपछि  डा. गोविन्द केसीले अनशन तोड्ने सम्भावना बढेको छ । डा. केसी १९ दिनदेखि अनशनरत छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै