संसदीय समितिबाट चिकित्सा शिक्षा विधेयक संशोधन सहित पारित, डा.केसीको माग सम्बोधन 

खरीबोट

अनशनरत डा. गोविन्द केसी

काठमाडौँ । संसदको महिला, बालबालिका तथा समाज कल्याण समितिले चिकित्सा शिक्षा विधेयक संशोधनसहित पारित गरेको छ।

शुक्रबार प्रधानमन्त्रीको सक्रियतामा बालुवाटारमा शिक्षा र स्वास्थ्यमन्त्री, माओवादी नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस नेता तथा पुर्व स्वास्थ्यमन्त्री गगन थापा, केदारभक्त माथेमा, भगवान कोइराला, महिला बालबालिका समितिका सभापति रञ्जु झाका साथै सांसदहरुको पस्थितिमा भएको छलफलमा विधेयकको दफा १३ मा उल्लेख भएका विषयलाई मिलाउने सहमति जुटे अनुसार संशोधन गरी समितिले विधेयक पारित गरेको बताइएको छ । 

विवादित दफा १३ दफामा मध्यमार्गी समाधान निकाल्दै बैठकले आशयपत्र लिएर पूर्वाधार समेत निर्माण गरेका कलेजको सम्बन्धनका विषयमा चिकित्सा शिक्षा आयोगले निर्णय गर्न सक्ने गरी समझदारी बनाएको थियो। साथै, आगामी दश वर्षसम्म उपत्यका भित्र कुनैपनि मेडिकल कलेजलाई सम्बन्धन नदिने विषयमा पनि सहमति भएको थियो। विधेयक पारित भएपछि  डा. गोविन्द केसीले अनशन तोड्ने सम्भावना बढेको छ । डा. केसी १९ दिनदेखि अनशनरत छन् ।

सम्बन्धित समाचार

डा. केसीको अनशन रोक्ने सरकारी प्रयास असफल, पुरा हुदैछन् केहि माग

  चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा डा गोविन्द केसीले एघारौँ आमरण अनशन सुरु गर्दा नगर्दै सरकार पनि जागेको छ । पछिल्लो एकसाता देखि अल्टिमेटम दिइरहेका डा केसी

सरकार र डा. केसीका प्रतिनिधिबीच दोस्रो चरणको वार्ता पनि निष्कर्षविहीन

काठमाडौँ, सरकार र अनशनरत प्राडा गोविन्द केसी पक्षबीच दोस्रो चरणको वार्ता पनि अघिल्लो जस्तै बिनानिष्कर्ष टुंगिएको छ । शिक्षा मन्त्रालयमा शनिबार भएको दोस्रो चरणको वार्ता संसद्मा रहेको चिकित्सा शिक्षा विधेयकका बारेमा