• २०८१ बैशाख ७ शुक्रबार

चुडामणि शर्मालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

kharibot

फाइल तस्विर

काठमाडौँ । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलासले शर्मालाई साधारण तारिखमा  थुनामुक्त अादेश दिएको  हो ।

न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलासले शर्मा पत्निले दिएको रिटमाथि अन्तिम सुनुवाई बुधवार सकेको थियो।

शर्माकी श्रीमति कल्पना उप्रेती शर्माले गत असार २७ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दाको फैसला गर्दै सर्वोच्चले शर्मालाई थुनामुक्त गर्न आदेश दिएको हो ।

कर फस्र्योट आयोगमा रहदा शर्माले गैरकानूनी रुपमा कर मिनाहा दिइएको भन्दै गत जेठ १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई पक्राउ गरेको थियो । आयोगले शर्मासहित कर फस्र्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र अर्का सदस्य उमेशप्रसाद ढकालविरुद्ध १० अर्ब २ करोड रुपैयाँको माग दावी गर्दै साउन १ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

सर्वोच्चले शर्मालाई साउन १७ गते अख्तियारबाट न्यायीक हिरासतमा राख्ने आदेश दिएको थियो । शर्मा हिरासत मुक्त भएपनि उनीमाथिको छानविन बहने जारी रहने बताइएको छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै