• २०८१ बैशाख १४ शुक्रबार

इन्टरनेट वितरणमा १७ प्रतिशतले वृद्धि, टेलिफोनको संख्या साढे ३ करोड माथि

kharibot

काठमाडौँ । सूचना प्रविधिको विकाससँगै फैलिएको इन्टरनेट सञ्जाल नेपालमा पछिल्लो समयमा १७ दशमलब ४ प्रतिशतले वृद्धि भएको छ । यसको वृद्धिसँगै नेपालमा एक करोड ६१ लाख ८६ हजार सात सय ५९ पुगेको छ । 

नेपालमा सञ्चालनमा आएका नेपाल टेलिकम, एनसेल, युटिएललगायतका कम्पनीबाट वितरित इन्टरनेट सेवा हो । नेपाल राष्ट्रको तथ्यांकअनुसार एक वर्षको अवधिमा उक्त संख्यामा इन्टरनेट सेवा वितरित भएको छ । नेपाल टेलिकम, एन–सेल तथा अन्य कम्पनीहरुबाट देशभर वितरण गरिएको मोवाईल (सिडिएमए समेत) तथा ल्याण्ड–लाइन टेलिफोनको संख्यामा पनि उच्च वृद्धि देखिएको छ । 

यी कम्पनीबाट वितरण भएको टेलिफोनमा १४ दशमलब ० प्रतिशतले वृद्धि भई हाल तीन करोड ५८ लाख ७८ हजार आठ सय ४३ पुगेको छ । जसअनुसार टेलिफोन घनत्व १२४ दशमलब ९ तथा इन्टरनेट घनत्व ५६ दशमलव ४ पुगेको छ । नेपाल राष्ट्र बैंकले विभिन्न् ५७ जिल्लामा गरेको आर्थिक गतिविधि अध्ययनले यस्तो देखाएको हो ।

उक्त अध्ययन प्रतिवेदनका अनुसार नेपालमा एक व्यक्तिसँग एकभन्दा बढी टेलिफोन रहेको देखाएको छ । जस्ले गर्दा टेलिफोनको घनत्व उच्च देखिएको हो । नेपाल टेलिकम र एनसेलका सबै सिडिएमएलगायतका फोन तथा वितरण भएको इन्टरनेटको कुल संख्या तथा उक्त जनसंख्या यसबाट प्रभावित भएको छ । यसैगरी दुरसञ्चार प्रदायक कम्पनीमा अन्य युटियललगायतका अन्य सञ्चार कम्पनीहरुको हिस्सामा पनि वृद्धि भएको देखिएको छ । 

संचार क्षेत्रमा भएको प्रगति

कम्पनी  २०७३ असार मसान्त  २०७४ असार मसान्त  प्रतिशत परिवर्तन
वितरित टेलिफोन संख्या      
नेपाल टेलिकम १५०१४४३४ १७६०१६१० १७.२
एन-सेल १४१४५७७८ १५७५५८२९ ११.४
अन्य कम्पनी २३०११८६ २५२१४०४ ९.६
कुल ३१४६१३७८ ३५८७८८४३ १४.०
कुल टेलिफोन पहुँच प्रतिशत

११०.६६

१२४.९५४  
कुल वितरित इन्टरनेट सेवा १३७८४६१८ १६१८६७५९ १७.७
कुल इन्टरनेट पहुँच प्रतिशत ४८.४८. ५६.३७  

स्रोत: नेपाल राष्ट्र बैंक

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै