• २०८१ बैशाख ७ शुक्रबार

सेनाद्वारा फास्ट ट्रयाक निर्माण कार्यमा तिब्रता, रुख कटान सुरु

kharibot

बारा । काठमाण्डौंलाई तराईसँग जोड्ने एक महत्वपूर्ण मार्गको रुपमा रहेको काठमाण्डौं–तराई दु्रतमार्ग (फास्ट ट्रयाक) निर्माणको कार्यलाई नेपाली सेनाले तिब्र गतिमा अगाडी बढाएको छ । 

सरकारले लामो संघर्ष पश्चात फास्ट ट्रयाक निर्माणको जिम्मा सेनालाई दिएसँगै द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण कार्यले चाँडै नैं गति लिएको हो ।  बाराको निजगढमा जोडिने सो दु्रत मार्गको कार्यलाई अगाडि बढाउँन नेपाली सेनाका टोलीले अहिले शिविर खडा गरि रुख कटान सुरु गरेको छ । 

काठमाण्डौं–तराई दु्रत मार्ग (फास्ट ट्रयाक) निर्माणको कार्यलाई द्रुत गतिमा अघि बढाउँदै बुधवारबाट रुख कटान सुरु गरेको र छिटै सडक निर्माण कार्य शुरु हुँने भएको नेपाली सेनाका सहयक रथी भरत बहादुर खड्काले बताए । 

जिल्लाको निजगढबाट काठमाण्डौं जोडने यस दु्रतमार्गको कामलाई गति दिन रुख कटान सुरु गरिएको र केहि समय भित्र निर्माण कार्यले गति लिने उनको भनाई रहेको र दु्रत मार्गको कार्यलाई अगाडी बढाउँन पहिले २२ मिटरको ट्रयाक निमाण सम्पन भएको र उहिले थप ३० मिटरसम्म पर्ने रुख कटान गरिएको बताउँदै केहि समय भित्र मैं निर्माण कार्यले गति लिने उनले जानकारी दिए ।

खोलिएका सडकका ट्रयाकहरुलाई सफा गर्ने , सम्याउँने र मोडहरु मिलाउँने कार्य करिब अन्तिम चरणमा पुगेको बताउँदै उपरथी खड्काले ईन्जिनियरले गरेको डिजाईन अनुसार कार्यलाई गति दिने जानकारी दिए । 

राष्ट्रिय गौरवका योजना अन्तरर्गत पर्ने यो योजनालाई गुणस्तरीय तरिकाले चार वर्ष भित्र सम्पन्न हुँने गरी कार्य योजना बनाएर काम अगाडी बढाएको समेत उनले जानकारी दिएका छन् । 
यता फास्टट्रयाक बिमानस्थल निमार्ण मुल व्यवस्थापन समिति तथा नागमणि सामुदाहिक बनका अध्यक्षंले नागमणी बनका मात्रै ५ हजार ६ सय ५७ रुख कटान गर्नुपर्ने भएता पनि अहिले १२ सय रुख कटान हुने बताए ।

फास्ट ट्रयाक निर्माणसँगै मधेश क्षेत्रका बासिन्दा र सरोकार वाला पक्ष पनि उत्साहित बन्न थालेका छन् । सेनाले निर्माणको कामलाई गती दिएकोमा हर्षित हुँदै स्थानीय तिलक घलान –‘राष्ट्रिय अर्थतन्त्रमा ठूलो महत्व राख्ने दु्रत मार्ग निर्माणमा निति निर्माण तहबाट नेपाली सेनालाई काम गर्ने सहज वातावरण बन्नु पर्छ, जसका कारण सेनाले समय मैं निर्माण गर्ने विश्वास रहेको छ ।’ 

यस्तै राजधानी जोड्ने राष्ट्रिय राजमार्गका सड्कहरु लामो र खर्चिलो रहिरँदा दुर्घटनाको सम्भावना बढी हुँने तथा ढुवानी खर्च र पेट्रोलियम पदार्थको लागत अर्बौंमा जोगिने हुँदा दु्रत मार्गको निर्माण गतीले आँफूहरु उत्साहित भएको स्थानीय रबिराज दंगालको भनाई छ । 

यस अघि ट्रयाक खोल्ने काम पनि सेनाले गरेको थियो । आवश्यक दक्ष जनशक्ति बाहिरबाट पनि ल्याएर काम गरिने सेनाले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै