• २०८१ बैशाख १३ बिहीबार

जितसँगै म्यान्चेस्टर सिटीको प्रिमियर लिगमा रेकर्ड, डेभिड सिल्भाले गरे दुई गोल 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिगको शिर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले आफ्नो विजयी यात्रा कायम राखेको छ ।

गएराती भएको खेलमा सिटीले स्वान्सीलाई ४-० ले पराजति गर्दै आफ्नो विजयी यात्रालाई निरन्तरता दिएको छ । स्वान्सीको घरेलु मैदानमा भएको खेलमा सिटीले प्रिमियर लिगमा लगातर १५ खेल जित्दै नयाँ रेकर्ड पनि बनाएको छ ।

सिटीको जितमा डेभिड सिल्भाले दुई गोल गरेका थिए भने केभिन ब्रुने र सर्जियो अग्युरोले एक एक गोल गरेका थिए । 

जितपछि सिटी प्रिमियर लिगको शिर्ष स्थानमा कायम रहेको छ । सिटी १७ खेलमा ४९ अंकसहित शिर्ष स्थानमा रहेको छ भने दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडको ३८ अंक रहेको छ । त्यस्तै स्वान्सी सिटीको भने १७ खेलमा १२ अंक सहित लिगको पुछारमा रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै