• २०८१ बैशाख १३ बिहीबार

रोनाल्डो र बेलको गोलमा रियल म्याड्रिड क्लब विश्वकपको फाइनलमा 

kharibot

काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिड युएईको फुटबल क्लब अल जजिरालाई २-१ गोल अन्तरले पराजित गर्दै फिफा विश्व क्लब कपको फाइनलमा प्रवेश गरेको छ । 

गएराती भएको खेलमा रियलले क्रिस्टियानो रोनाल्डो र ग्यारेथ बेलको गोलको मद्धतले सो जित हासिल गरेको हो ।

खेलको ४१औ मिनेटमा अल जजिराका रोमारिह्नोको गोलमा पछि परेको रियलका लागि खेलको ५३औ मिनेटमा क्रिस्टियानो रोनाल्डोको गोलमा बराबरी गरेको थियो । खेलको ८१औ मिनेटमा करीम बेन्जमाको ठाउमा आएका ग्यारेथ बेलले आउना साथ गोल गरेका थिए ।

इन्जुरीका कारण लामो समय मैदान बाहिर रहेका बेलको पुनरागमनले रियललाई ठुलो राहत भएको छ ।

रियलले क्लब विश्वकपको फाइनल आगामी डिसेम्बर १६ मा ब्राजिलियन क्लब ग्रेमियोविरुद्ध खेल्दै छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै