• २०८१ बैशाख ७ शुक्रबार

फोरमको बिजय जुलुसमा झडप, दर्जनौ अश्रुग्यास र हवाई फायर, ४ प्रहरी घाईते

kharibot

बारा । बाराको क्षेत्र नम्बर २ को प्रदेश र प्रतिनिधि सभा सदस्यमा निर्वाचित संघीय समाजवादी फोरम नेपालको विजय जुलुसमा बुधवार दिउँसो झडप भएको छ । 

जिल्लाको पचरौता नगरपालिका वडा नम्बर ४ बेलदारीमा दिउँसो करिब साँढे तीन बजेकाे समयमा संघीय समाजवादी फोरम नेपालको विजय जुलुसलाई स्थानियले बिरोध गरे पछी फोरम र स्थानिय कार्यकर्ता बिच झडप भएको हो । 

बाराका प्रमुख जिल्ला अधिकारी बिजय मानन्धरका अनुसार झडप भए पछी प्रहरीले भिड नियन्त्रण गर्न दर्जनौ अस्रु ग्याँस र २० राउण्ड भन्दा बढी हवाई फायर गरेको हो ।

बाजा गाजा सहिँत जुलुसमा निस्किएका फोरमका कार्यकर्तालाई स्थानिय काँग्रेस कार्यकर्ताले जितिसके पछि बाजा गाजा र गाना बजाना बजाएर हल्ला नगर्न आग्रह गरे पछी बिबाद सुरु भएको हो ।

बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित संघीय समाजवादी फोरम नेपालका नवनिर्रावाचित उम्मेदवार रामसहाय यादव सहिँत निस्किएको बिजय जुलिसमा स्थनिय काँग्रेसका कार्यकर्ताले ढुंगामुढा गरे पछि प्रतिकारमा उत्रिएको फोरम कार्यकर्ताको भनाई छ ।

यता बाराका प्रमुख जिल्ला अधिकारी बिजय मानन्धरले भिड नियन्त्रण गर्न नसके पछी सुरुमा लाठी चार्ज गरेको बताएका छन् । 

झडप नियन्त्रण गर्ने क्रममा ४ प्रहरी समेत घाईते भएका छन् । स्थिती असामान्य बन्दै गए पछी दर्जनौं अश्रु ग्याँस र २० राउण्ड भन्दा बढी हवाई फायर समेत भएको स्विकार गर्दै उनले घटना स्थलमा थप प्रहरी परिचालन गरिएको बताएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै