• २०८१ बैशाख १३ बिहीबार

एकदिवसीय क्रिकेटमा रोहित शर्माको तेस्रो दोहोरो शतक

kharibot

काठमाडौँ । एकदिवसीय क्रिकेटमा भारतीय ब्याट्सम्यान रोहित शर्माले तेस्रो दोहोरो शतक बनाएका छन् । 

एकदिवसीय क्रिकेटमा तीन दोहोरो शतक बनाउने रोहित पहिलो खेलाडी हुन् । यस अधि दुई दोहोरो शतक बनाउने रेकर्ड पनि उनकै नाममा थियो । बुधबार श्रीलंकाविरुद्धको एक दिवसीय खेलमा २०८ रन बनाउदै रोही ले दोहोरो शतक बनाएका हुन् । 

ओपनरको रुपमा मैदानमा आएका रोहितले कुल १५३ बल खेल्दै २०८ रन नटआउट बनाएका हुन् । रोहितले आफ्नो इनिंगमा १२ छक्का र १३ चौका हानेका थिए ।
रोहितले यसअघि १३ नोभेम्बर २०१४ मा श्रीलंकाविरुद्धनै २६४ रन बनाएका थिए भने पहिलो दोहोरो शतक भने अस्ट्रेलियाविरुद्ध हानेका थिए ।  सन् २०१३ नोभेम्बर २ मा अस्ट्रेलियाविरुद्ध २०९ रन बनेका थिए । रोहितले तिनवटै दोहोरो शतक भारतीय मैदानमा बनाएका हुन् । एकदिवसीय खेलमा दोहोरो शतक बनाउने रोहित विश्वका चौथा ब्याट्सम्यान हुन् ।

एकदिवसीय खेलमा पहिलो दोहोरो शतक बनाउने रेकर्ड भने भारतीय मास्टर ब्लास्टर सचिन तेन्दुलकरको नाममा रहेको छ । सचिनले २४ फेब्रुअरी २०१० मा दक्षिण अफ्रीकाविरुद्ध नटआउट २०० रन बनाउदै एकदिवसीय क्रिकेटको इतिहासमा पहिलो दोहोरो शतक बनाएका थिए ।

त्यस्तै भारतकै ब्याट्सम्यान विरेन्द्र सहवागले ८ डिसेम्बर २०११ मा वेस्टइन्डिजविरुद्ध २१९ रनको पारी खेल्दै दोहोरो शतक बनाएका थिए । एकदिवसीय क्रिकेटमा तीन जना भारतीय ब्याट्सम्यानले दोहोरो शतक बनाएका छन् ।

यसका अलावा वेस्टइन्डिजका क्रिस गेलले जिम्बाबेविरुद्द २१५ रन बनाएका छन् । गेलले २४ फेब्रुअरी २०१५ मा सो पारी खेलेका थिए । त्यस्तै न्युजील्याण्डका मार्टिन गप्टिलले मार्च २२, २०१५ मा वेस्ट इन्डिजविरूद २३७ रन बनाउदै दोहोरो शतक बनाएका थिए ।  
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै