काठमाडौं । गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फका सबै सिटहरुको नतिजा आइसके पनि समानुपातिकतर्फको नतिजा आउने क्रम भने अझै जारी रहेको छ । पछिल्लो मतपरिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी एमालेले २२ लाख र दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २१ लाख मत पाइसकेका छन् ।
बेलुका ५ बजेसम्मको नतिजाअनुसार एमाले पहिलो स्थानमा, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा रहेका छन् । एमाले र कांग्रेसले २० लाखभन्दा धेरै मत पाइसके पनि तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले अहिलेसम्म १० लाख मत पनि कटाउनसकेको छैन ।
त्यसैगरी चौँथो स्थानमा संघीय फोरम, पाँचौँ स्थानमा राष्ट्रिय जनता पार्टी, छैटौँ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी, साताँै स्थानमा विवेकशील साझा, आठाँैमा नयाँ शक्ति, नवौँमा राप्रपा (प्रजातान्त्रिक) र दशौँमा राष्ट्रिय जनमोर्चा रहेको छ ।