• २०८१ बैशाख १३ बिहीबार

आईभूमिका स्मार्टफोन नेपाली बजारमा 

kharibot

काठमाडौं । चिनियाँ मोबाइल कम्पनी आइभूमिले नेपालमा पनि आफ्ना स्मार्टफोनहरु ल्याएको छ । नेपालको व्यापारिक घराना शंकर गु्रपअन्तर्गतको प्राइड इम्पोर्ट एक्सपोर्ट ट्रेड प्राइभेट लिमिटेडले आइभुमिका छ वटा स्मार्टफोन नेपाली बजारमा ल्याएको हो । 

कम्पनीले सार्वजनिक गरेका मोबाइलहरुमा आइभूमि मोबाइल, आइभी ५०५, आइभी स्मार्ट फोर जी, मि १, मि २, मि ४ र मि ५ सहितका ६ मोडलका स्मार्टफोनहरु छन् । उक्त स्मार्टफोनहरु पाँच हजार नौ सय ९९ रुपैयाँदेखि सुरु हुने समूहले जनाएको छ ।

हाल नेपालमा बढ्दै गएको फोर जी स्मार्टफोन प्रयोगकर्ताहरुमाझमा आइभूमि लोकप्रिय हुने दाबी वितरकको रहेको छ । आफ्नो उत्पादनहरुलाई “पावर्ड बाइभ्यालु” बताउने आइभूमि प्रतिस्पर्धात्मक मूल्यकोस्मार्ट फोनहरु नविन प्रविधि फोरजीसहित आउनलागेको हो । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै