• २०८१ बैशाख ७ शुक्रबार

डा. केसीका माग पुरा गर्न प्रधानमन्त्री देउवा सक्रिय, चिकित्सा शिक्षा विधेयकको विवाद मिल्ने संकेत  

kharibot

चिकित्सा शिक्षा विधेयकको विवादित विषयमा छलफल गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, पूर्व स्वास्थ्य मन्त्री, सांसदलगायत माथेमा कार्यदलका सदस्यहरु । तस्बिर : रोशन सापकोटा, रासस

काठमाडौँ  । सरकारले डा.गोविन्द केसीका माग सम्बोधन गर्न विशेष पहल गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा चिकित्सा शिक्षा विधेयकको विवाद मिलाउने मोटामोटी सहमति भएको बताइएको छ । 

शुक्रबार बालुवाटारमा शिक्षा र स्वास्थ्यमन्त्री, माओवादी नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस नेता तथा पुर्व स्वास्थ्यमन्त्री गगन थापा, केदारभक्त माथेमा, भगवान कोइराला, महिला बालबालिका समितिका सभापति रञ्जु झाका साथै सांसदहरुको पस्थितिमा भएको छलफलमा विधेयकको दफा १३ मा उल्लेख भएका विषयलाई मिलाउने सहमति जुटेको बताइएको छ  । 

संसदको महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिको कार्यदलले आयशपत्र पाएका, सम्वन्धित निकायले तोकेको पूर्वाधार बनेको र अनुगमन भइसकेका मेडिकल कलेजलाई सम्बन्धन दिने गरी विधेयक बनाएको छ । तर बालुवाटारमा भएको छलफलमा उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज नखोल्ने तर, यसअघि नै आशयपत्र लिइसकेकाहरुको हकमा विधेयकले तोकेको मापदण्ड पुरा गरेमा सम्बन्धन दिन बाधा हुने छैन भन्ने उल्लेख गर्ने सहमति भएको छ । हाल आशय पत्र पाइसकेकाहरुको हकमा त्यो आयोगका साथै स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पूरा भएको र दुई वर्ष अस्पताल सञ्चालन गरेका मेडिकल कलेजले सम्बन्धन पाउनेछन् ।

विभिन्न पक्षसँग भएको छलफल पछि सरकारले १९ दिनदेखि अनशनरत डा.गोविन्द केसीलाई शुक्रबार दिउँसो अनशन तोड्ने प्रस्ताव पठाएको छ ।

अब डा. केदारभक्त माथेमा र भगवान कोइराला लगायतले डा. केसीसँग वार्ता गर्ने र संसदीय समितिले दिउँसो विधेयक अघि बढाउने सहमति भएको छ ।

साथै डा; केसीका त्रिविसँग सम्बन्धित मागको लागि प्रधानमन्त्रीले त्रिविका उपकुलपति, रेक्टर, रजिष्टारलगायतलाई बोलाएर माग पुरा गर्न निर्देशन दिने भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै