• २०८१ बैशाख १३ बिहीबार

निर्वाचनपछि सेयरबजारमा पहिलोपटक सुधार 

kharibot

काठमाडौं । नेप्सेमा आज भने सुधार आएको छ । लगातार उच्च अंकले घटेको नेप्से आज बुुधबार भने १० दशमलव ५३ अंकले बढेर १५ सय २० दशमलव ७४ विन्दुमा चढेको छ । यसैगरी सेन्सिटिभ पनि दुुई दशमलव दुुई अंकले बढेर तीन सय २० दशमलव २४ विन्दुुमा चढेको छ ।

कुुल एक सय ६४ कम्पनीहरुको तीन हजार आठ सय ७७ वटा कारोबारमा १० लाख ४३ हजार आठ सय ८७ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोबार रकम ४८ करोड ५९ लाख ११ हजार दुुई सय ९८ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज सबैगरी कुुल १० वटा समूहको कारोबार भएकोमा सबै समूहको सूचक बढेपछि नेप्से पुरै हरिेयो भएको छ । आज उच्च अंकले बढेको बीमा समूहको सूचक

५२ दशमलव ४८ अंकले बढेर सात हजार नौ सय १५ दशमलव ४१ विन्दुुमा चढेकोमा छ करोड ३८ लाख ३१ हजार दुुई सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । वाणिज्य बैैंक समूहको सूचक पनि आठ दशमलव १५ अंकले बढेर १२ सय ९७ दशमलव ७१ विन्दुुमा चढेकोमा २१ करोड ८० लाख ३० हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

विकास बैैक समूहको सूचक पाँच दशमलव ७३ अंकले बढेर १७ सय ४९ दशमलव ८१ विन्दुुमा चढेकोमा एक करोड ६९ लाख ८३ हजार चार सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी आज जलविद्युत् समूहको सूचक पनि नौ दशमलव ८२ अंकले बढेर दुुई हजार ८० दशमलव ३१ विन्दुुमा चढेकोमा तीन करोड ६७ लाख ४८ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । नेप्सेमा आज टे«ड्रिङ, होटल, उत्पादनमुुलक, फाइनान्स, अन्य र लघुबित्त समूहको कारोबार सूचकमा पनि सुधार देखिएको छ । 
आज बढी कमाउने कम्पनीको सुचीमा परेको कुुवेर मर्चेन्ट बैकिङ एण्ड फाइनान्सको प्रतिकित्ता सेयर मूल्य नौ रुपैयाँ ६३ पैसाले बढेर दुुई सय पाँच रुपैयाँमा कारोबार भएको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा परेको प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य तीन रुपैयाँ ९८ पैसाले घटेर दुुई सय १७ रुपैयाँमा कारोबार भएको छ ।

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको ग्लोवल आईएमई बैंकको  तीन सय ३४ रुपैयाँ अन्तिम मूल्यमा पाँच करोड ४० लाख ८७ हजार तीन सय ४५ रुपैयाँको सेयर कारोबार भएको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको २१ सय ८० रुपैयाँ अन्तिम मूल्यमा तीन करोड ७१ लाख २६ हजार चार सय २० रुपैयाँको सेयर कारोबार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै