• २०८१ बैशाख ८ शनिबार

समानुपातिकतर्फको मतपरिणाम : एमाले र काँग्रेसले कटाए २०-२० लाख मत 

kharibot

काठमाडौं । प्रत्यक्ष तर्फको निर्वाचन सकिएका निर्वाचन क्षेत्रहरुमा समानुपातिकतर्फको मतगणना भइरहेको छ । 

हाल भइरहेको मतणनाको प्रारम्भिक नतिजा अनुसार एमाले र काँग्रेसबीच प्रतिष्पर्धा देखिएको छ भने माओवादी तेस्रो स्थानमा रहेको छ । पछिल्लो मत परिणाम अनुसार एमाले अगाडी रहेको छ । एमाले र काँग्रेसले समानुपातिकमा २०-२० लाख मत कटाएका छन् । त्यस्तै फोरम थ्रेस कटाउने दल बन्न सक्ने सम्भावना देखिएको छ । राजपा र राप्रपा थ्रेस होल्ड कटाउन संघर्षरत देखिएका छन् ।

पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । त्यस्तै फोरम चौथो स्थानमा रहेको छ भने राजापा पाचौ, राप्रपा छैठौ स्थानमा रहेको छ । त्यस्तै विवेकशील सातौ र नयाँ शक्ति आठौ स्थानमा रहेको छ ।  त्यस्तै राप्रपा-प्रजातान्त्रिक नवौ र जनमोर्चा दशौ स्थानमा रहेका छन् ।

बुधबार बिहान १:३० बजेसम्म समानुपातिकतर्फ खसेको मत यस्तो छ-
 

१. नेकपा एमाले- २०८९८६१          
२. नेपाली कांग्रेस- २००६१६०                
३. माओवादी केन्द्र – ८०२१५०                 
४. फोरम – २६७५३९            
५. राजपा – २०४९००               
६. राप्रपा – १३९९३१               
७. विवेकशील – १३४८३१         
८. नयाँ शक्ति – ५८११३              
९. राप्रपा प्रजातान्त्रिक – ४५५४२          
१०. जनमोर्चा – ३५४८३                


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै