• २०८१ बैशाख ८ शनिबार

चीनमा फेरि भूकम्प

kharibot

फाइल तस्विर

बेइजिङ । दक्षिणी चीनको समूद्रको जलक्षेत्रमा ६.५ म्याग्नीच्युडको भूकम्प आएको समाचार छ । चिनियाँ भूकम्प सञ्जाल केन्द्रले शुक्रबार सो जानकारी दिएको छ । 

यस भूकम्पको विस्तृत विवरण र क्षति सम्बन्धि कुनै समाचार भने हालसम्म प्राप्त भएको छैन ।  यस अघि गत मङ्गलबार रातिमात्र पनि चीनमा ७.० र ६.३ म्याग्नीच्युडका दुई वटा शक्तिशाली भूकम्पको धक्का आएको थियो । 

दक्षिणपश्चिमी चीनको सिचुयान प्रान्तमा गत मङ्गलबार राति गएको भूकम्पमा परी २० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । सो भूकम्पमा परी ४३१ जना घाइते भएका थिए । 

कतिपय घर र संरचना भत्किाएकाले भग्नावशेषमा मानिस खोज्ने क्रम अझै पनि जारी रहेको पनि अधिकारीहरुले जनाएका छन् । 

यसैबीच सिचुवान क्षेत्र पर्टकीय इलाका भएकोले त्यहाँ रहेका ठूलो सङ्ख्याका पर्यटक अन्यत्रै लागेका छन् । त्यहाँबाट ६० हजार भन्दा बढी पर्यटक सो क्षेत्र छोडेर अन्त्रै लागेका समाचारमा जनाइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै