• २०८१ बैशाख ७ शुक्रबार

ललितपुर र कुुवेर मर्चेन्ट समस्याग्रस्तमुक्त, १ वर्षभित्र चुक्ता पुँजी पुर्‍याउनुपर्ने 

kharibot

काठमाडौं । नेपाल राष्ट्र बैंकले ललितपुर फाइनान्स र कुुवेर मर्चेन्ट बैकिङ एण्ड फाइनान्स कम्पनीलाई समस्याग्रस्तमुक्त संस्था घोषणा गरेको छ । नेपाल राष्ट्र बैंकअन्तर्गतको समस्याग्रस्त संस्था रिजोलुुसन महाशाखाका अनुसार यही मंसिर १९ गते बसेको राष्ट्र बैंकको उच्च अधिकारीहरुको बैठकको निर्णय अनुसार पछिल्लो पटक यि संस्थाहरुलाई समस्याग्रस्त मुक्त संस्था घोषणा गरिएको हो ।  

राष्ट्र बैंकका अनुसार वि.सं. २०६९ पुुस २३ गतेबाट समस्याग्रस्त संस्था घोषणा गरिएको कुबेर मर्चेण्ट फाइनान्स लिमिटेड, ज्ञानेश्वर काठमाण्डौले यस बैंकको नीतिगत व्यवस्था बमोजिम चुक्तापुँजी र पुँजीकोष कायम गरेको, संस्थामा नयाँ लगानीकर्ताहरु प्रवेश गरी संस्थालाई सुचारु रुपमा संचालन गर्ने प्रतिबद्धता जाहेर गरेको र हाल संस्था सुधारोन्मुख देखिएकोले समस्याग्रस्त मुक्त संस्था घोषणा गरिएको हो । समस्याग्रस्त मुक्त भएको कुुवेरले वि.सं. २०७६ साल मंसिर १८ गते भित्र राष्ट्र बैंकले तोकेको न्युुनतम ८० करोड रुपैयाँ चुक्ता पुंजी कायम गर्नुुपर्ने छ भने अबको ३५ दिनभित्र पुंजी बृद्धिको योजना पेस गर्नुपर्नेछ । 

यसबाहेक खराव कर्जालाई क्रमिक रुपमा घटाउदै लगि वाञ्छित सीमा भित्र ल्याउनु पर्ने, संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली र जोखिम व्यवस्थापन चुस्त दुरुस्त पार्नु पर्ने, हाल तोकिएको चुक्ता पुँजी नपुगेको अवस्थासम्म एकल ग्राहक कर्जा सीमा कोर क्यापिटलको १० प्रतिशत कायम गर्ने तथा तोकिएको चुक्ता पुँजी पुरा भएको अवस्थामा हाल विद्यमान व्यवस्था अनुरुपको एकल ग्राहक कर्जा सीमा कायम हुनु पर्ने प्रावधान तोकिकाएको  छ । चुक्ता पुंजी १५ करोड रुपैयाँ रहेको कुुवेरमा पाँच करोड ३४ लाख ९० हजार रुपैयाँ कर्जा रहेको छ भने निक्षेप सात करोड १३ लाख एक हजार रुपैयाँ रहेको छ  । 

राष्ट्र बैंकले वि.सं. २०७१ साल चैत्र १६ गते समस्याग्रस्त घोषणा गरेको ललितपुुर फाइनान्सलाई पनि समस्याग्रस्त मुक्त संस्था घोषण गर्दे आगामी २०७६ मंसिर १८ गते भित्र न्युुनतम ८० करोड रुपैयाँ चुक्ता पुंजी कायम गर्न, खराव कर्जालाई क्रमिक रुपमा घटाउदै लगि वाञ्छित सीमा भित्र ल्याउन, संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली र जोखिम व्यवस्थापन चुस्त दुरुस्त पार्न निर्देशन दिएको छ ।

हाल १८ करोड ७९ लाख ४५ हजार रुपैयाँ चुक्ता पुंजी रहेको ललितपुर फाइनान्समा अहिले ३६ करोड १८ लाख ९४ हजार रुपैयाँ कर्जा रहेको छ भने १० करोड ९४ लाख २७ हजार रुपैयाँ निक्षेप रहेको छ । समस्याग्रस्त घोषणा हुुंदा उक्त फाइनान्समा एक अर्ब दुुई करोड ३८ लाख ५७ हजार रुपैयाँ कर्जा रहेको थियो भने निक्षेप एक अर्ब २९ करोड ३७ लाख २६ हजार रुपैयाँ रहेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै