ललितपुर र कुुवेर मर्चेन्ट समस्याग्रस्तमुक्त, १ वर्षभित्र चुक्ता पुँजी पुर्‍याउनुपर्ने 

खरीबोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले ललितपुर फाइनान्स र कुुवेर मर्चेन्ट बैकिङ एण्ड फाइनान्स कम्पनीलाई समस्याग्रस्तमुक्त संस्था घोषणा गरेको छ । नेपाल राष्ट्र बैंकअन्तर्गतको समस्याग्रस्त संस्था रिजोलुुसन महाशाखाका अनुसार यही मंसिर १९ गते बसेको राष्ट्र बैंकको उच्च अधिकारीहरुको बैठकको निर्णय अनुसार पछिल्लो पटक यि संस्थाहरुलाई समस्याग्रस्त मुक्त संस्था घोषणा गरिएको हो ।  

राष्ट्र बैंकका अनुसार वि.सं. २०६९ पुुस २३ गतेबाट समस्याग्रस्त संस्था घोषणा गरिएको कुबेर मर्चेण्ट फाइनान्स लिमिटेड, ज्ञानेश्वर काठमाण्डौले यस बैंकको नीतिगत व्यवस्था बमोजिम चुक्तापुँजी र पुँजीकोष कायम गरेको, संस्थामा नयाँ लगानीकर्ताहरु प्रवेश गरी संस्थालाई सुचारु रुपमा संचालन गर्ने प्रतिबद्धता जाहेर गरेको र हाल संस्था सुधारोन्मुख देखिएकोले समस्याग्रस्त मुक्त संस्था घोषणा गरिएको हो । समस्याग्रस्त मुक्त भएको कुुवेरले वि.सं. २०७६ साल मंसिर १८ गते भित्र राष्ट्र बैंकले तोकेको न्युुनतम ८० करोड रुपैयाँ चुक्ता पुंजी कायम गर्नुुपर्ने छ भने अबको ३५ दिनभित्र पुंजी बृद्धिको योजना पेस गर्नुपर्नेछ । 

यसबाहेक खराव कर्जालाई क्रमिक रुपमा घटाउदै लगि वाञ्छित सीमा भित्र ल्याउनु पर्ने, संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली र जोखिम व्यवस्थापन चुस्त दुरुस्त पार्नु पर्ने, हाल तोकिएको चुक्ता पुँजी नपुगेको अवस्थासम्म एकल ग्राहक कर्जा सीमा कोर क्यापिटलको १० प्रतिशत कायम गर्ने तथा तोकिएको चुक्ता पुँजी पुरा भएको अवस्थामा हाल विद्यमान व्यवस्था अनुरुपको एकल ग्राहक कर्जा सीमा कायम हुनु पर्ने प्रावधान तोकिकाएको  छ । चुक्ता पुंजी १५ करोड रुपैयाँ रहेको कुुवेरमा पाँच करोड ३४ लाख ९० हजार रुपैयाँ कर्जा रहेको छ भने निक्षेप सात करोड १३ लाख एक हजार रुपैयाँ रहेको छ  । 

राष्ट्र बैंकले वि.सं. २०७१ साल चैत्र १६ गते समस्याग्रस्त घोषणा गरेको ललितपुुर फाइनान्सलाई पनि समस्याग्रस्त मुक्त संस्था घोषण गर्दे आगामी २०७६ मंसिर १८ गते भित्र न्युुनतम ८० करोड रुपैयाँ चुक्ता पुंजी कायम गर्न, खराव कर्जालाई क्रमिक रुपमा घटाउदै लगि वाञ्छित सीमा भित्र ल्याउन, संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली र जोखिम व्यवस्थापन चुस्त दुरुस्त पार्न निर्देशन दिएको छ ।

हाल १८ करोड ७९ लाख ४५ हजार रुपैयाँ चुक्ता पुंजी रहेको ललितपुर फाइनान्समा अहिले ३६ करोड १८ लाख ९४ हजार रुपैयाँ कर्जा रहेको छ भने १० करोड ९४ लाख २७ हजार रुपैयाँ निक्षेप रहेको छ । समस्याग्रस्त घोषणा हुुंदा उक्त फाइनान्समा एक अर्ब दुुई करोड ३८ लाख ५७ हजार रुपैयाँ कर्जा रहेको थियो भने निक्षेप एक अर्ब २९ करोड ३७ लाख २६ हजार रुपैयाँ रहेको थियो । 

सम्बन्धित समाचार

हिमाली क्षेत्रमा मूल्य बढ्यो

काठमाडौँ । काठमाडौँ उपत्यकामा भन्दा हिमाली क्षेत्रमा बढी मूल्य वृद्धि भएको पाइएको छ ।  नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनाको मुलुकको आर्थिक विवरणअनुसार हिमाली क्षेत्रमा ५.५

पुन पाँच अर्ब ७५ करोडको ट्रेजरी बिक्री गर्दे राष्ट्र बैंक

काठमाडौ । नेपाल राष्ट्र बैकले आगामी आईतबार पुन पाँच अर्ब ७५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । बोलकवोलका माध्यमद्धारा बाँणिज्य बैक, बिकास बैंक र फाईनान्स कम्पनीहरुलाई बिक्री गर्ने गरी उक्त

जुनसुकै बैंकबाट निक्षेप जम्मा गर्न सकिने व्यवस्था गर्दै राष्ट्र बैंक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले कुनै एक बैंकमा खाता भएका निक्षेपकर्ताले अन्य जुनसुकै बैंकबाट आफ्नो खातामा रकम जम्मा गर्ने सक्ने व्यवस्था ल्याउने तयारी गरेको छ ।  बिहीबार बसेको राष्ट्र बैंकको नियमन समितिको बैठकले

‘नेसनल पेयमेन्ट गेटवे’ लागू गर्दैै राष्ट्र बैंक

काठमाडौँ ।  विद्युतीय भुक्तानीलाई नियमित अनुगमन गर्न नेपाल राष्ट्र बैंकले राष्ट्रिय भुक्तानीद्वारा अर्थात् ‘नेसनल पेयमेन्ट गेटवे’ प्रणाली लागू गर्ने भएको छ ।  मुलुकभित्र तथा बाहिर हुने साना तथा ठूला विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट)को