कास्कीमा दुवै सभाको समानुपातिकतर्फ पहिलो पार्टी बन्यो एमाले

खरीबोट
ad

पोखरा / प्रतिनिधिसभाका तीनवटै सिट जितेको नेकपा (एमाले) कास्कीको प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ पनि पहिलो पार्टी बनेको छ । 

एमालेले ८२ हजार ६५८ मत ल्याएको छ भने नेपाली काँग्रेसले ६० हजार ७८९ मत ल्याएको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले बताए । 

नेकपा (माओवादी केन्द्र)ले १३ हजार ८८१, विवेकशील साझा पार्टीले सात हजार ३२७, राप्रपाले तीन हजार ३३३, संघीय समाजवादी फोरम नेपालले एक हजार ३८७ र नयाँ शक्तिले एक हजार १६३ मत ल्याएका छन् । समानुपातिकतर्फ सात हजार २६१ मत बदर भएको थियो । 

यस्तै प्रदेशसभातर्पm एमालेले ७७ हजार ४८७, नेपाली काँग्रेसले ५८ हजार १७२, माओवादी केन्द्रले १६ हजार ५४५, विवेकशील साझा पार्टीले पाँच हजार ६२४, राप्रपाले तीन हजार ६१०, संघीय समाजवादी फोरमले एक हजार ८५१ र नयाँ शक्ति पार्टीले एक हजार ५३६ मत ल्याएका छन् । प्रदेशसभामा सात हजार २७१ मत बदर भएको छ । 

कूल दुई लाख ५५ हजार ४५२ मतदाता रहेको कास्कीमा प्रदेशसभा र प्रतिनिधिसभामा गरी दुवैमा एक लाख ८० हजार ५७३ मत खसेको थियो । निर्वाचनमा एक लाख ७३ हजार ३१२ मत सदर भएको थियो । जिल्लाभरको समानुपातिकमा ४९ र प्रदेशमा २० दल सहभागी भएका थिए । 

सम्बन्धित समाचार

एनआईसी एशिया बैंकको नयाँ शाखा कास्कीको लेकसाइडमा

काठमाडौँ । एनआईसी एशिया बैंकको नयाँ शाखा पोखरा लेखनाथ महानगरपालिका ६, पोखरा, कास्की स्थित लेकसाइड शाखाको एक समारोहका बिच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलबाट विधिवत् समुद्घाटन सुसम्पन्न

ग्लोबल आइएमई बैंकको दुई नयाँ शाखा कालीकोट र कास्कीमा

काठमाडौं । ग्लोबल आईएमई बैंकले बुधबार कालीकोट र कास्कीमा दुई वटा नयाँ शाखा स्थापना गरेको छ । बैंकले बुधबार दुई स्थानमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । बैंकले कालीकोट जिल्लाको रास्कोट

कास्कीको ल्वाङ होमस्टेमा नयाँ शक्तिको बैठक सुरु 

कास्की । नयाँ शक्ति  पार्टीको महाधिवेशन तयारी समितिको बैठक कास्कीमा सुरु भएको छ । नयाँ शक्तिले आफ्नो बैठक माछापुच्छ्रे गाउँपालिकाको ल्वाङ होमस्टेमा गरिरहेको छ ।  बैठक आज बिहानदेखि ९ बजेदेखि बैठक

कास्कीमा ७७ जना उम्मेदवारको जमानत जफत

पोखरा ।  मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कास्कीका ७७ जना उम्मेदवारको जमानत जफत भएको छ ।  कूल १८ राजनीतिक दल र तीन स्वतन्त्र गरी ९५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रकोमा