• २०८१ बैशाख ४ मंगलबार

बर्दियामा १९ हजार ८ सय ११ मत बदर

kharibot

बर्दिया / प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक मतगणना सकिएको छ । समानुपातिकतर्फ बर्दियामा नेपाली काँगे्रसले सबैभन्दी बढी मत प्राप्त गरेर पहिलो बनेको छ । 

दुई लाख ७२ हजार ४७७ कूल मतदातामध्ये एक लाख ९० हजार ८१२ मत खसेको मतगणना हुँदा समानुपातिकतर्फ सबैभन्दा बढी मत ल्याएर काँग्रेस पहिलो बनेको हो । समानुपातिकको प्रतिनिधिसभातर्फ एमालेभन्दा १९ हजार ३६१ मतले काँग्रेस अघि छ । प्रतिनिधिसभातर्फ काँग्रसले ६६ हजार ८९ र प्रदेशसभातर्फ ६० हजार ४५० मत प्राप्त गरी सबैभन्दा बढी मत प्राप्त गरेको हो । 

एमालेले प्रतिनिधिसभातर्फ ४६ हजार ७२८ र प्रदेशसभातर्फ ४४ हजार ११४ मत प्राप्त गरेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ ४५ हजार ६९८ र प्रदेशसभातर्फ ४४ हजार ३२८ मत प्राप्त गरेको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा तीन हजार ९४९ र प्रदेशसभामा तीन हजार ५६४ तथा विवेकशील साझा पार्टीले प्रतिनिधिसभामा एक हजार ४१२ र प्रदेशसभातर्फ एक हजार २६ मत प्राप्त गरेको छ । 

यसैगरी राष्ट्रिय प्रजातन्त्र (प्रजातान्त्रिक) पार्टीले प्रतिनिधिसभातर्फ एक हजार २७७ र प्रदेशसभातर्फ एक हजार २७७, एकल चिह्न हँसिया ताराले प्रतिनिधिसभातर्फ ९७० र प्रदेशसभातर्फ ८७९ तथा संघीय समाजवादी फोरम, नेपालले प्रतिनिधिसभामा ९०२ र प्रदेशसभातर्फ ९८७, नयाँ शक्ति पार्टी, नेपालले प्रतिनिधिसभामा ७९२ र प्रदेशसभातर्फ ८७०, राजपा पार्टी नेपालले प्रतिनिधिसभामा ७४९ र प्रदेशसभातर्फ ७२९ मत ल्याएको छ । 

बर्दियामा समानुपातिकको प्रतिनिधिसभातर्फ १९ हजार ८११ मत बदर भएको छ । प्रतिनिधिसभा क्षेत्र नं १ मा ११ हजार ३७७ मत बदर भएको छ । 

यस्तै प्रदेशसभा १ (क)मा सात हजार ३९ र प्रदेससभा १ (ख)मा एक हजार आठ मत बदर भएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी देवराज भारतीले जानकारी दिए । 

प्रदेशसभा २ (क)मा ६ हजार ९६२ र प्रदेससभा २ (ख)मा ६ हजार ५३९ मत बदर भएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी इन्द्रकुमार कार्कीले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै