बर्दियामा १९ हजार ८ सय ११ मत बदर

खरीबोट
ad

बर्दिया / प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक मतगणना सकिएको छ । समानुपातिकतर्फ बर्दियामा नेपाली काँगे्रसले सबैभन्दी बढी मत प्राप्त गरेर पहिलो बनेको छ । 

दुई लाख ७२ हजार ४७७ कूल मतदातामध्ये एक लाख ९० हजार ८१२ मत खसेको मतगणना हुँदा समानुपातिकतर्फ सबैभन्दा बढी मत ल्याएर काँग्रेस पहिलो बनेको हो । समानुपातिकको प्रतिनिधिसभातर्फ एमालेभन्दा १९ हजार ३६१ मतले काँग्रेस अघि छ । प्रतिनिधिसभातर्फ काँग्रसले ६६ हजार ८९ र प्रदेशसभातर्फ ६० हजार ४५० मत प्राप्त गरी सबैभन्दा बढी मत प्राप्त गरेको हो । 

एमालेले प्रतिनिधिसभातर्फ ४६ हजार ७२८ र प्रदेशसभातर्फ ४४ हजार ११४ मत प्राप्त गरेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ ४५ हजार ६९८ र प्रदेशसभातर्फ ४४ हजार ३२८ मत प्राप्त गरेको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा तीन हजार ९४९ र प्रदेशसभामा तीन हजार ५६४ तथा विवेकशील साझा पार्टीले प्रतिनिधिसभामा एक हजार ४१२ र प्रदेशसभातर्फ एक हजार २६ मत प्राप्त गरेको छ । 

यसैगरी राष्ट्रिय प्रजातन्त्र (प्रजातान्त्रिक) पार्टीले प्रतिनिधिसभातर्फ एक हजार २७७ र प्रदेशसभातर्फ एक हजार २७७, एकल चिह्न हँसिया ताराले प्रतिनिधिसभातर्फ ९७० र प्रदेशसभातर्फ ८७९ तथा संघीय समाजवादी फोरम, नेपालले प्रतिनिधिसभामा ९०२ र प्रदेशसभातर्फ ९८७, नयाँ शक्ति पार्टी, नेपालले प्रतिनिधिसभामा ७९२ र प्रदेशसभातर्फ ८७०, राजपा पार्टी नेपालले प्रतिनिधिसभामा ७४९ र प्रदेशसभातर्फ ७२९ मत ल्याएको छ । 

बर्दियामा समानुपातिकको प्रतिनिधिसभातर्फ १९ हजार ८११ मत बदर भएको छ । प्रतिनिधिसभा क्षेत्र नं १ मा ११ हजार ३७७ मत बदर भएको छ । 

यस्तै प्रदेशसभा १ (क)मा सात हजार ३९ र प्रदेससभा १ (ख)मा एक हजार आठ मत बदर भएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी देवराज भारतीले जानकारी दिए । 

प्रदेशसभा २ (क)मा ६ हजार ९६२ र प्रदेससभा २ (ख)मा ६ हजार ५३९ मत बदर भएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी इन्द्रकुमार कार्कीले बताए । 

सम्बन्धित समाचार

बर्दियामा १२ जना सुन व्यवसायी पक्राउ 

बर्दिया। बर्दियामा १२ जना सुनचाँदी पसलका सञ्चालकहरुलाई कालो बजारी र ठगि गरेको आरोपमा पक्राउ गरिएको छ ।  उपभोक्ताहरुको हित संरक्षणको लागि अनुगमन गर्दा सुनमा ८ प्रतिशत सम्म मिसावट भएको पाईएकोले जिल्ला प्रशासन

बर्दियामा खेतको कुलोमा बालकको शव भेटियो 

बर्दिया, गुलरिया । बर्दिया गेरुवा गाँउपालिका ६ को सोनाहा गाँउको एक खेतको कुलोमा पानीमा बालकको शव तैरिरहेको अवस्थामा भेटिएको छ ।  सोनाहा गाउँका राम कुमार थारुका ९ बर्षिय छोरा रेशम थारु

प्रहरीलाई २ हजार नगद नदिए पछि सामान भन्सार चलान गरिएको आरोप

बर्दिया,(गुलरिया) । बर्दियाको सिमामा पर्ने भारतिय बलैगाउँ बजारबाट घरका लागि दैनिक उपभोग्यका सामान ल्याउदा प्रहरीलाई रकम नबुझाउदा प्रहरीले सामान भन्सार बुझाएको महिलाहरुले आरोप लगाएका छन ।  भारतिय बजार बलैगाउँबाट केहि भए

हराएका चार नेपाली बालकको भारतबाट उद्धार

गुलरिया, बर्दिया । भारतीय बजार गोन्डाबाट तीनजना नेपाली बालक र बहराइचको बालगृहवाट एकजना बालकलाई चाइल लाइनको बालगृहवाट एकजना गरी चारजना हराएका नेपाली बालकलाई हिजो उद्धार गरेर ल्याइएको महिला तथा बालबालिका कार्यालय