• २०८१ बैशाख १४ शुक्रबार

समानुपातिकतर्फको मतपरिणाम : एमालेको अग्रता कायमै, राजपा र राप्रपा थ्रेस होल्ड कटाउन संघर्ष गर्दै    

kharibot

 काठमाडौं । प्रत्यक्ष तर्फको निर्वाचन सकिएका निर्वाचन क्षेत्रहरुमा समानुपातिकतर्फको मतगणना भइरहेको छ । 

हाल भइरहेको मतणनाको प्रारम्भिक नतिजा अनुसार एमाले र काँग्रेसबीच प्रतिष्पर्धा देखिएको छ भने माओवादी तेस्रो स्थानमा रहेको छ । पछिल्लो मत परिणाम अनुसार एमाले अगाडी रहेको छ । एमालेले समानुपातिकमा १९ लाख मत कटाएको छ भने काँग्रेसले १८ लाख मत कटाएको छ । त्यस्तै फोरम थ्रेस कटाउने दल बन्न सक्ने सम्भावना देखिएको छ । राजपा र राप्रपा थ्रेस होल्ड कटाउन संघर्षरत देखिएका छन् ।

पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । त्यस्तै फोरम चौथो स्थानमा रहेको छ भने राजापा पाचौ, राप्रपा छैठौ स्थानमा रहेको छ । त्यस्तै विवेकशील सातौ र नयाँ शक्ति आठौ स्थानमा रहेको छ ।  त्यस्तै राप्रपा-प्रजातान्त्रिक नवौ र जनमोर्चा दशौ स्थानमा रहेका छन् ।

बुधबार बिहान ११ बजेसम्म समानुपातिकतर्फ खसेको मत यस्तो छ-
 

१. नेकपा एमाले- १९५६६०६         
२. नेपाली कांग्रेस- १८६६२९५               
३. माओवादी केन्द्र – ७५६३८३                
४. फोरम – २४३६३६           
५. राजपा – १८१८९२              
६. राप्रपा – १३०७२०              
७. विवेकशील – १२१२६        
८. नयाँ शक्ति – ५५३८३             
९. राप्रपा प्रजातान्त्रिक – ४३७३५         
१०. जनमोर्चा – ३४९४४               

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै