बसले किच्दा नाबालकको मृत्यु

खरीबोट

पाल्पा ।  पाल्पाको पूर्वखोला गाउँपालिका–६ हेक्लाङ्गमा बसले किच्दा बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेक्लाङ्गका १६ महिनाका बालक अमृत सारु रहेका छन् । 

सारुका हजुरबुबा बसमा चढ्न खोज्दा बालकले हजुरबुबालाई पछ्याउँदै गाडीतर्फ आउने क्रममा किचिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

हजुरबुवाले तरकारी लोड गर्दैगर्दा बसको अर्को पटृीबाट बालक पछयाउँदै आएकाले उनले नदेखेको र उनलाई हेर्ने ५÷६ बर्षका दाई साथीसंग खेल्न गएकाले घटना हुनपुगेको प्रहरीले बताएको छ । बस केही हिँडिसकेपछि मात्र उनकी हजुरआमाले नाति दुर्घटनामा परेको थाहा पाएकी थिइन् । 

खुमडाँडादेखि ताहुँतर्फ आउँदै गरेको लु २ ख २८० नंको बसले किच्दा बालकको मंगलबार मृत्यु हुन पुगेको हो । बस चालक सागर दर्जी प्रहरी नियन्त्रणमा रहेका छन् । 

सम्बन्धित समाचार

बोलेरो दुर्घटनामा एक महिने शिशुको मृत्यु

चरिकोट ।  चरिकोटबाट कालीञ्चोक मन्दिर दर्शनका लागि जाने यात्रु चढेको बोलेरो दुर्घटना हुँदा एक महिने शिशु (छोरा) को आज बिहान उपचारको क्रममा मृत्यु भएको छ ।  सोमबार साँझ बा १२ च ८७७१ नम्बरको

सल्यानको भाटाखोलामा बस दुर्घटना, चार जनाको मृत्यु 

सल्यान ।  सल्यानको त्रिवेणीमा भएको बस दुर्घटनामा परि ४ जनाको ज्यान गएको छ । बसमा रहेका अन्य २६ यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।  रुकुमबाट दाङका लागि छुटेको मालिका कालिका

मिनी ट्रक दुर्घटनामा एकको मृत्यु, तीनको अवस्था गम्भीर

नुवाकोट ।  पासाङल्हामु सडकखण्डअन्तर्गत बेलकोटगढी नगरपालिका–११ अमारेमा मिनी ट्रक दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित तीनजना घाइते भएका छन् । ककनीबाट आइतबार साँझ बट्टारतर्फ आउँदै गरेको ना।२ क

सडक दुर्घटनाबाट बच्न कानून पालनामा जोड

काठमाडौँ । सडक दुर्घटनामा मृत्यु हुनेको संख्या बढिरहेका बेला सरोकार भएका निकायका अधिकारीले सुरक्षाका लागि नियम कानूनको पालनामा जोड दिएका छन् ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल इञ्जिनियर्स एसोसिएसनको