नुवाकोट समानुपातिकमा काँग्रेस अगाडि

खरीबोट

त्रिशूली, नुवाकोट । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ भने जिल्लामा नेपाली काँग्रेस अगाडि देखिएको छ ।

गएराति सम्पन्न मतगणनाअनुसार जिल्लामा नेपाली काँग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो भएका छन् । 

प्रत्यक्षतर्फको छवटै सिट गुमाएको काँग्रेसले समानुपातिकमा ४७ हजार २५५ मत ल्याएर समानुपातिकमा पहिलो भएको हो । यस्तै, एमालेले ३९ हजार ६०९ मत ल्याएर दोस्रो र माओवादी केन्द्रले २७ हजार ८५० मत ल्याएर तेस्रो भएको छ । 

प्रतिनिधिसभाको क्षेत्रगत रुपमा हेर्दा क्षेत्र नं १ मा काँग्रेस पहिलो भएको छ भने क्षेत्र नं २ मा एमाले पहिलो भएको छ । प्रतिनिधिसभा क्षेत्र नं १ मा २३ हजार २९५ मतसहित काँग्रेस पहिलो, १८ हजार ५१२ मतसहित माओवादी केन्द्र दोस्रो र १४ हजार ३५३ मतसहित एमाले तेस्रो भएको छ । 

क्षेत्र १ को प्रदेशसभातर्फ प्रदेशसभा (क) मा काँग्रेसले १२ हजार २६, माओवादी केन्द्रले १० हजार ६४६ र एमालेले पाँच हजार ३३२ मत ल्याएको छ । प्रदेश (ख) मा नेपाली काँग्रेसले ११ हजार २६९, एमालेले आठ हजार ७८३ र माओवादी केन्द्रले सात हजार ८६६ मत ल्याएको छ । 

यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ मा एमालेले २५ हजार २५६, काँग्रेसले २४ हजार १६०, माओवादी केन्द्रले नौ हजार ३३८ मत ल्याएको छ । 

क्षेत्र नं २ को प्रदेश (क) मा एमालेले १२ हजार २२९, काँग्रेसले १० हजार ८७२ र माओवादी केन्द्रले पाँच हजार १०९ मत ल्याएको छ । यस्तै, प्रदेश (ख) मा काँग्रेसले ११ हजार ५६३, एमालेले १० हजार ७२२ र माओवादी केन्द्रले पाँच हजार २६२ मत ल्याएका छन् । 
––– 

सम्बन्धित समाचार

काँग्रेसले टुंग्यायो प्रदेश नम्बर ४, ५, ६ र ७ बाट राष्ट्रियसभाका उम्मेदवार (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेसले प्रदेश नम्बर ४,५, ६ र ७ बाट राष्ट्रिय सभाका चार चार जना उम्मेदवारको टुंगो लगाएको छ । बालुवाटारमा बसेको संसदीय समितिसहितको शीर्ष नेताहरुको बैठकले राष्ट्रिय सभाका चार

काँग्रेसले प्रदेश नम्बर ६ बाट राष्ट्रियसभा उम्मेदवार टुंगायो, को को परे ?

काठमाडौँ । नेपाली कांग्रेसले प्रदेश नम्बर ४,६ र ७ बाट राष्ट्रिय सभाका चार चार जना उम्मेदवारको टुंगो लगाएको छ । राष्ट्रिय सभाका थप उम्मेदवार टुंगो लगाउन संसदीय समितिसहितको शीर्ष नेताहरुको बैठक

काँग्रेसबाट प्रदेश नम्बर ४ मा राष्ट्रियसभाका उम्मेदवार तोकियो, को को परे ?

काठमाडौँ । नेपाली कांग्रेसले प्रदेश नम्बर ४ बाट राष्ट्रियसभाका ४ उम्मेदवारको टुंगो लगाएको छ। राष्ट्रिय सभाका थप उम्मेदवार टुंगो लगाउन काँग्रेस संसदीय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। प्रदेश नम्बर ४

काँग्रेसले प्रदेश ७ बाट राष्ट्रियसभाका लागि ४ उम्मेदवार तोक्यो, को को परे ?

काठमाडौँ । कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नम्बर ७ बाट चार उम्मेदवारको नाम टुंगो लगाएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार बसेको संसदीय समिति बैठकले उम्मेदवार टुंगो लगाएको छ । प्रदेश ७