• २०८१ बैशाख ७ शुक्रबार

इँटाभट्टामा इँटाको चाङ्ग भत्किँदा एकको मृत्यु, आठ घाइते

kharibot

चितवन ।  चितवनको कालिका नगरपालिका–६ मिलिजुली चोकमा मंगलबार इँटाभट्टामा इँटा बनाउने क्रममा चाङ्ग भत्किएर किच्दा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । 

बिके इँटाभट्टामा इँटाको चाङ्ग लगाउँदै गर्दा चाङ्ग भत्किएर मृत्यु हुनेमा रोल्पा घर भएकी ४० वर्षीया संगीता डाँगी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । 

ढकालका अनुसार मंगलबार इँटाभट्टामा सो घटना भएको थियो । डाँगीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । 

अन्य आठजना सामान्य उपचारपछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै