• २०८१ बैशाख ८ शनिबार

टि-२० का बादशाह क्रिस गेलले बनाए एकै खेलमा अनेकौ रेकर्ड 

kharibot

काठमाडौँ । टि-२० क्रिकेटमा वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेलले एकै खेलमा कैयौ नयाँ रेकर्ड बनाएका छन् । हाल बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिगको फाइनलमा ब्याटिंग गदै गेलले यी रेकर्ड बनाएका हुन् । 

गेलले टि-२० क्रिकेटमा एक पारीमा १७ छक्काको रेकर्ड तोड्दै यस खेलमा १८ चक्का हानेका छन् । चर बर्ष अगाडी इन्डियन प्रिमियर लिगमा १७ छक्का हानेका गेलले रंगपुर राइडर्सका तर्फबाट खेल्दै १८ छक्का हानेका हुन् । गेलले सो फाइनल खेलमा ६९ बलमा १४६ रन बनाएका छन् । 

साथै गेलले यस खेलमा टि-२० खेलमा सबैभन्दा बढी शतक बनाउने खेलाडी पनि बनेका छन् । गेलले टि-२० क्रिकेटमा २० शतक बनाएका छन् । गेल्को तुफानी ब्याटिंगको मद्धतले गेलको टिम रंगपुर राइडर्सले बंगलादेश प्रिमियर लिगको उपाधि ५७ रनले जितेको छ ।

साथै यस खेलबाट गेलले अर्को रेकर्ड पनि बनाएका छन् । गेलले टि-२० क्रिकेटमा ११ हजार रन बनाउने उनि पहिलो खेलाडी बनेका छन् । टि-२० क्रिकेटमा गेलपछि न्युजील्याण्डका ब्रेडन म्यकुलमले ८५२६ रन बनाएका छन् ।  त्यस्तै क्रिस गेलले टि-२० क्रिकेटमा अहिलेसम्म ८१९ छक्का हानेका छन्    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै