काठमाडौं । प्रत्यक्ष तर्फको निर्वाचन सकिएका निर्वाचन क्षेत्रहरुमा समानुपातिकतर्फको मतगणना भइरहेको छ ।
हाल भइरहेको मतणनाको प्रारम्भिक नतिजा अनुसार एमाले र काँग्रेसबीच प्रतिष्पर्धा देखिएको छ भने माओवादी तेस्रो स्थानमा रहेको छ । पछिल्लो मत परिणाम अनुसार एमाले अगाडी रहेको छ । एमालेले समानुपातिकमा १५ लाख मत कटाएको छ भने काँग्रेसले १४ लाख मत कटाएको छ । त्यस्तै राजपा र राप्रपाले एक लाख मत कटाएका छन् ।
त्यस्तै माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । त्यस्तै फोरम चौथो स्थानमा रहेको छ भने राजापा पाचौ, राप्रपा छैठौ स्थानमा रहेको छ । त्यस्तै गाई सातौ र विवेकशील आठौ स्थानमा रहेको छ । त्यस्तै राप्रपा-प्रजातान्त्रिक नवौ र जनमोर्चा दशौ स्थानमा रहेका छन् ।
मंगलबार राति १० बजेसम्म समानुपातिकतर्फ खसेको मत यस्तो छ-
१. नेकपा एमाले- १६३७६९४
२. नेपाली कांग्रेस- १५४५६७८
३. माओवादी केन्द्र – ६४९१३६
४. फोरम – १६५४२७
५. राजपा – ११००८१
६. राप्रपा – १०२८५१
७. विवेकशील – ९९१४४
८. नयाँ शक्ति – ४९२३८
९. राप्रपा प्रजातान्त्रिक – ३५०१०
१०. जनमोर्चा – ३२०२०