• २०८१ बैशाख ५ बुधबार

लक्ष्मी बैैंकको लक्षित मुद्दती योजना : पैसा राख्नेले ९ प्रतिशत ब्याज पाउने

kharibot

काठमाडौं । लक्ष्मी बैंकले नयाँ मुुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । बैंकले नियमित आम्दानी हुने ग्राहकहरुको लागि मासिक बचतमा उच्चतम ब्याज प्राप्त गर्न सकिने विकल्पको रुपमा लक्षित मुुद्दती निक्षेप योजना गरेको हो । 

उक्त खातामा ग्राहकहरुले मासिक न्यूनतम ५०० वा सोभन्दा बढी जम्मा गर्न सकिने बैंकले बताएको छ । ग्राहकले जम्मागर्ने रकम सुनिश्चित गरिसके पछि सो रकम हरेक महिना स्वतः लक्षित मुद्दती खातामा जम्मा हुने गर्दछ ।

एक वर्षदेखि पाँच वर्षसम्मको समयावधि निर्धारण गरी खाता खोल्न सकिन्छ । साथै लक्षित मुद्दती खाता खोल्ने सम्पूर्ण ग्राहकहरुले लक्ष्मी बैंकको आधिकारिक भगिनी संस्था लक्ष्मी क्यपिटलमा निःशुल्क डिम्याट खाता खोल्ने सुविधा प्राप्त गर्न सक्नेछन् ।

सम्पूर्ण नयाँ तथा पुराना ग्राहकहरुले लक्षित मुद्दतीको प्रारम्भीक योजनाअन्तर्गत वार्षिक ९ प्रतिशतसम्म ब्याज प्राप्त गर्न सकिने छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै