• २०८१ बैशाख ७ शुक्रबार

मेटलाइफ इन्सोरेन्ससँग ग्लोबल बैंकको बैंकास्युरेन्स सेवा आदानप्रदान सम्झौता

kharibot

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडले मेटलाइफ इन्सोरेन्स कम्पनीसँग बैंकास्युरेन्ससम्बन्धी सम्झौता गरेको छ । आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई जीवन बीमा सेवा दिने उद्देश्यले सम्झौता गरिएको बैंकले जनाएको छ । 

सम्झौतामा ग्लोबल आइएमई बैंक लि.का प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल तथा मेटलाईफ इन्सोरेन्स कम्पनीको तर्फबाट उपाध्यक्ष एंव कार्यकारी निर्देशक निर्मल काजी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतापश्चात ग्लोबल आइएमई बैंक लि.का ग्राहकहरुले ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखा मार्फत छिटो, छरितो तथा सहजरुपमा बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्ने बैंकको भनाइ छ । 

ग्लोबल आइएमई बैंकको हाल हाल १०८ वटा शाखाहरु, १४ वटा राजस्व संकलन काउण्टर, १ वटा सीडीएससी काउण्टर, १२५ एटीएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५३ शाखारहित बैंकिङ्ग सेवा रहेका छन् ।  

त्यस्तै बैंकले भाइबर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथै अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको जानकारी दिएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै