• २०८१ बैशाख ७ शुक्रबार

लर्ड बुद्ध एजुकेशनद्वारा मलेसियन युनिभर्सिटीको सहकार्यमा एमबिए र एमएससी आइटिएम अध्यापन सुरु 

kharibot

काठमाडौँ । लर्ड बुद्ध एजुकेसन फाउण्डेसन क्याम्पसले आफ्नो सहयोगी संस्था कलेज फर प्रोफेशनल स्टडिज मार्फत एसिया प्यासिफिक यूनीभर्सिटी मलेसियासँग शैक्षिक सहकार्य गरि नेपालमा सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातकोक्तर स्तरको मास्टर अफ साईन्स ईन ईन्फरमेशन टेक्नोलोजी म्याजमेन्ट एमएससी आइटिएम र मास्टर ईन बिजनेश एडमिनिस्ट्रेशन एमबिए विषयमा अध्यापन पनि शुरु गरेको छ ।

उल्लेखित दुवै विषयहरु २ वर्ष (४ सेमेस्टर) मा सम्पन्न हुने क्याम्पसले जानकारी गराएको छ ।  एलबीइएफले २०१५ देखि उक्त विश्वविद्यालयबाट स्नातक स्तरको बिस्सी आटी र बिबिएम विषयमा अध्यापन गराउदैं आएको छ । 

कलेजले जनाए अनुसार मास्टर अफ साईन्स ईन ईन्फरमेशन टेक्नोलोजी म्याजमेन्ट एमएस्सी आइटीएम कार्यक्रम सूचना प्रविधि क्षेत्रमा आफ्नो किसिमको पहिलो कार्यक्रम हो । हाल नेपालमा सञ्चालित अरु यस्ता कार्यक्रमले सूचना प्रविधि संबंधी मात्रै ज्ञान दिने हो भने एमएस्सी आइटीएमले सूचना प्रविधिक्षेत्रको प्राविधिक ब्यवस्थापन कसरी गर्ने विषयलाई पनि समेटेको छ । यस विषयमा भर्ना हुन चाहने विद्यार्थीहरु सूचना प्रविधी विषयमा स्नातक उत्तिर्ण भएको हुनुपर्ने छ । यस कार्यक्रमले बिआइएम, बिसिआइएस, विसीए, बीएस्सी आइटी आदी अध्ययन गरेका विद्यार्थीहरुकोलागी सूचना प्रविधि संकायमा स्नातकोक्तर स्तरको अध्ययन गर्ने बाटो खोली दिएको छ । 

त्यसतै मास्टर ईन बिजनेश एडमिनिस्ट्रेशन (एमबिए)  मा ४५  प्रतिशत अंक प्राप्त गरी कुनै पनि विषयमा स्नातक उत्तिर्ण गरेको विद्यार्थीहरुले भर्ना गर्न पाउनेछन् । हाल एमबीएमा ह्युमन रिसोर्स, मार्केटिंग र फाइनान्स विषय उपलब्ध रहेका छन । कामकाजीहरुका लागि कलेजले विकएण्ड मोडमा पनि कक्षा सञ्चालन हुने जानकारी गराएको छ । 

एसिया प्यासिफिक यूनीभर्सिटी मलेशियाको प्रतिष्ठित विश्वविद्यालयहरु मध्ये एक हो जसलाई २०११ देखि हालसम्मै मलेशियन योग्यता मापन एजेन्सी अन्तर्गतको सेटारा र्याँकिंग र त्यहाँको शिक्षा मन्त्रालयले उत्कृष्ट दर्जामा समावेश गरेको छ । नेपाल सरकार, शिक्षा मन्त्रालयले यस संस्थालाई यी कार्यक्रमहरु सञ्चालन गर्ने अनुमति समेत प्रदान गरिसकेको छ । साथै एसिया प्यासिफिक यूनीभर्सिटी ९एपियु० त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त विश्वविद्यालय हो ।

सन् १९९८ मा स्थापित लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आवद्ध भई नेपालमै सस्तो र सुलभ तरिकाबाट सुचना प्रविधि, व्यापार व्यवस्थापन र जैविक प्रविधि जस्ता अत्याधुनिक विषयहरुको पठन पाठन गर्दै आइरहेको छ । संस्थाले नयाँ किसिमको रोजगारीमुखी कार्यक्रमहरुको अवधारणालाई विशेष महत्वका साथ अवलम्बन गरेको छ । 

नेपालमै बसेर अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आवद्ध संस्थामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुको लागि एपियुसँगको सहकार्य अवश्य पनि फलदायी हुने कुरामा संस्था आशावादी रहेको छ । 

एपियुको संबंधनमा सञ्चालन हुने कार्यक्रमहरु पूर्णकालिन कार्यक्रमहरु रहेका छन् । एपियु  मलेशियाको सूचना प्रविधी र व्यवस्थापन विषयमा कार्यक्रम सञ्चालन गर्ने सर्वोत्कृष्ट विश्वविद्यालय मध्ये पर्छ । सो विश्वविद्यालयमा हाल १० हजार विद्यार्थीहरु पूर्णकालिन रुपमा अध्ययन गरिरहेका छन् । अध्ययनरत विद्यार्थीहरु मध्ये आधी विद्यार्थी मलेशियाका र आधी जति विद्यार्थी करिब ११६ देशबाट अध्ययन गर्न आएका हुन् । सोे जानकारी विश्वविद्यालयका उपाध्यक्ष श्री गुरप्रदिप सिंहले कार्यक्रममा दिएका हुन् ।

लर्ड बुद्ध एजुकेसन फाउण्डेसन अन्तरगतका सबै शिक्षण संस्थाहरुमा सञ्चालन हुने कक्षाहरुमा सैधान्तिक ज्ञानको साथसाथै अरु जिवनउपयोगी तालीमहरु पनि प््रादान गरिन्छ । कलेजमा विद्यार्थीहरुलाई बजारमा स्थापीत गर्नकालागी छुटै प्लेसमेन्ट सेल को व्यवस्था रहेको कलेजले जनाएको छ ।

हाल एलबीईएफ ग्रुप अफ ईन्सटिच्यूसन अन्तरगत मैतीदेवी काठमाण्डौंमा लर्ड बुद्ध एजुकेसन फाउण्डेसन र कलेज फर प्रोफेशनल स्टडिज मार्फत एसिया प्यासिफिक यूनीभर्सिटी मलेसियासँगको सहकार्यमा सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातक र स्नातकोक्तर स्तरको बीएस्सीआइटी, बिबिएम, एमस्सिआइटिएम र एमबिए अध्यापन गराइन्छ ।

त्यसतै ललितपुर कुपण्डोलमा पाटन कलेज फर प्रोफेसनल स्टडिजले युनिभर्सिटि अफ बेडफोर्डसायर, बेलायत वाट सम्वन्धन प्राप्त स्नातक स्तरको विएस्सी, अनर्स इन कम्प्युटर साइन्स एण्ड सफ्टवेयर इन्जिनियरिङ्ग र ब्याचलर इन विजनेस एडमिनिष्ट्रेसनको अध्यापन गराई रहेकोछ भने अक्षर विद्या मन्दिर नामक अन्तरराष्ट्रिय स्तरको सुविधासम्पन्न विद्यालय जनकपुरमा सञ्चालनमा रहेको छ । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै