काठमाडौं । कलेजस्तरीय फुटसललाई एभरेष्ट बैंकले मुख्य प्रायोजन गर्ने भएको छ । मंगलवार एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र आयोजक प्रोक्सी इन्फोटेक सोलुसन प्रालीका इभेन्ट म्यानेजर सरोज शर्मा ढुगांना बीच सम्झौता पत्र आदन–प्रदान भएको छ ।
मंसिर २८ गते सञ्चालन हुने एक दिवसीय फुटसल प्रतियोगिता सम्झौता पश्चात एभरेष्ट बैंक कलेजस्तरीय फुटसल प्रतियोगिताको नामले सञ्चालन हुने भएको छ । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सेठले सम्झौता पत्रमा हस्ताक्षर पश्चात राष्ट्रको गौरब बढाउने एकताको प्रतिक खेलक्षेत्रसग हाम्रो संस्था जोडिन पाउदा गौरवान्बित भएको धारणा ब्यक्त गरे ।
त्यस्तै आयोजक प्रोक्सी इन्फोटेक सोलुसन प्रालीका इभेन्ट म्यानेजर ढुगांनाले दिगो दरिलो बिश्वासिलो स्लोगनका साथ प्रतिस्ठा कमाएको एभरेष्ट बैंकले खेलक्षेत्रमा पुर्याएको सहयोग प्रति आभार ब्यक्त गरे ।
लाजिम्पाट स्थित एभरेष्ट बैंक केन्द्रिय कार्यलयमा सम्पन्न सम्झौता पत्र हस्ताक्षर समारोहमा एभरेष्ट बैंकका नायब महा प्रबन्धक राजिब जैन, सहायक महाप्रबन्धक केशवराज पौडेल, वरिष्ठ प्रबन्धक रन्जन खड्कालगायतको उपस्थिति रहेको थियो ।
लिगकम नकाउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागि २० टिमलाई ४ समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको विजेता टिमले ५५ हजार र उपविजेता टिमले २५ हजार नगद प्राप्त गर्ने छन् । मुख्य प्रायोजन गरेको एभरेष्ट बैंकले सम्झौताअनुसार नगद पुरस्कार, शिल्ड, मेडल, ब्यानर र व्यवस्थापनतर्फको जिम्मेवारी लिएको छ ।