मौसम पूर्वानुमान महाशाखा भन्छ : मनसुन सक्रिय भयो, केही दिन मज्जाले पानी पर्छ

खरीबोट

काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशैभर बदली र वर्षा भएको छ । झण्डै एक महिनादेखि कमजोर रहेको मनसुन बिहीबारदेखि बढी सक्रिय भएकाले देशभर वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएरातिदेखि नै काठमाडौँ उपत्यकासहित देशभर वर्षा भएको र यो क्रम अझै केही दिन जारी रहने मौसमविद् सुजन सुवेदीले बताए । “मनसुन नेपालमा बढी सक्रिय भएकाले देशभर बदली र वर्षा हुने देखिन्छ, यसअघि वर्षा भए पनि मनसुन धेरै सक्रिय नहुँदा पर्याप्त वर्षा भएको थिएन, तराईका पूर्वी र मध्य भेगमा भारी वर्षा हुने सम्भावना छ”, उनले भने ।

जल तथा मौसम विज्ञान विभागले पनि बिहीबार विज्ञप्ति जारी गरी दुई दिन भारी वर्षा हुने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको सेवा नियमित
उपत्यका आसपासको आकाशमा बाक्लो कुइरो लाग्नुका साथै निरन्तर वर्षा भइरहे पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा नियमित भइरहेको विमानस्थलले जनाएको छ ।

बदली र वर्षा भए पनि विमानस्थलको सबै उडान यथावत रहेको र काठमाडौँ बाहिरका सबै विमानस्थलको सेवा पनि नियमित रहेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

यसवर्ष गत जेठ २९ (जुन १२) बाट नेपालमा मनसुन प्रवेश गरेको थियो । मनसुन आगामी भदौ अन्तिमसम्म जारी रहने महाशाखाको अनुमान छ । कमजोररुपमा प्रवेश भएको मनसुन सक्रिय भई देशभर फैलन लामो समय लागेको थियो । मनसुनी वर्षा पर्याप्त नहुँदा पूर्वी पहाडीलगायत क्षेत्रमा रोपाइँ गर्न समस्या भएको थियो । पश्चिमी भेगमा भने सामान्य वर्षा भइरहेको थियो ।

दुई दिनदेखि बदली र वर्षा भएपछि काठमाडौँको मौसममा परिवर्तन आएको छ । चर्को घाम लाग्ने र दैनिक ३० देखि ३१ डिग्रिसेल्सियसको हाराहारीमा रहँदै आएको उपत्यकाको आजको तापक्रम अधिकतम २६ र न्यूनतम २१ डिग्रिसेल्सियस छ ।

महाशाखाको विवरणअनुसार बितेको २४ घण्टामा काठमाडौँमा १९ मिलिमिटर वर्षा भएको छ । त्यसैगरी ताप्लेजुङमा ५२, धनकुटामा ५४, विराटनगरमा ५७, सिमरामा ८९, भैरहवामा ८५, पोखरामा ८९ र दिपायलमा छ मिलिमिटर वर्षा भएको छ ।

सम्बन्धित समाचार

बदलिँदो मौसममा सावधानी अपनाउनुहोस्, शरीरलाई तन्दरुस्त राख्नुहोस् !  

स्वास्थ्य । मौसम बदलिएसँगै हावामा प्रदूषणको समस्या पनि बढिरहेको छ । कहिले गर्मी त कहिले सर्दीको मौसम परिवर्तनको कारण मानिसहरु बिरामी परिरहेका छन् । मौसममा आफ्नो ध्यान राख्ने गर्नुपर्दछ ।  पटक

पश्चिमी वायुले देशैभर मौसममा बदली

काठमाडौँ / पश्चिमी वायुको प्रभावका कारण आज काठमाडौँसहित देशैभर मौसम बदली तथा अधिकांश स्थानमा वर्षा भएको छ ।  उक्त वायुको प्रभावले देशैभर बदली हुनाका साथै पूर्व र पश्चिमी भेगमा हल्का वर्षात्

इभर्टनविरुद्ध आर्सनलको गोल वर्षा, रामसीले गरे ह्याट्रिक 

काठमाडौँ । इङलिश प्रिमियर लिगमा आर्सनलले इभर्टनलाई ५-१ गोल अन्तरले पराजित गरेको छ । गएराती भएको खेलमा एरोन रामसीको ह्याट्रिकको मद्धतले आर्सनलले इभर्टनविरुद्ध ५ गोल गरेको थियो । आर्सनलका लागि थप

छिटफुट वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । उत्तर पश्चिम वायुको प्रभावका कारण आज पनि देशका विभिन्न भागमा बाक्लो तुवाँलो लागेको छ ।  उक्त वायुको प्रभावसँगै केही जलवास्पयुक्त हावाको समिश्रणले धुलोका कण तैरिएका कारण तुवाँलो लागेको मौसम