• २०८१ बैशाख ५ बुधबार

पराजयको दोष सभापति देउवालाई मात्र दिनु हुदैन – महामन्त्री कोइराला 

kharibot

नवलपुर । नेपाली कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले पार्टी पराजयको जिम्मेवारी सबैले लिनुपर्ने बताएका छन् । 

कोइरालाले निर्वाचनमा पार्टी पराजित हुनुको दोष प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवालाई मात्र लगाउन नहुने बताएका हुन् । 

कावासोतीमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री कोइरालाले पार्टी पराजयको अपजस कुनै एक व्यक्तिलाई दिनुभन्दा अब पार्टीलाई पुनर्जीवन दिन सबैको ध्यान केन्द्रित हुनपर्ने बताए । 

कोइरालाले पार्टी केन्द्रीय समितिको बैठक बसेर नयाँ धारणा तय गरिने र पार्टी पुनर्संरचना गर्ने बताउदै अब काँग्रेस संसद्मा बलियो प्रतिपक्षीको भूमिकामा रहने बताए । 

साथै महामन्त्री कोइरलाले पार्टीभित्रको सबै असन्तुष्टि समाधान गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै