• २०८१ बैशाख १३ बिहीबार

समानुपातिकको मतपरिणाम आउनेक्रम जारी, कुन दलले कति मत ल्याए ? 

kharibot

काठमाडौं । प्रत्यक्ष तर्फको निर्वाचन सकिएका निर्वाचन क्षेत्रहरुमा समानुपातिकतर्फको मतगणना भइरहेको छ । 

हाल भइरहेको मतणनाको प्रारम्भिक नतिजा अनुसार एमाले र काँग्रेसबीच प्रतिष्पर्धा देखिएको छ भने माओवादी तेस्रो स्थानमा रहेको छ ।  पछिल्लो मत परिणाम अनुसार एमाले अगाडी रहेको छ । एमालेले समानुपातिकमा ९ लाख मत कटाएको छ । 

माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । त्यस्तै फोरम चौथो स्थानमा रहेको छ भने विवेकशील पाचौ, राप्रपा छैठौ स्थानमा रहेको छ । त्यस्तै राजपा सातौ र नयाँ शक्ति अठौ स्थानमा रहेको छ ।  त्यस्तै जनमोर्चा नवौ र राप्रपा प्रजातान्त्रिक दशौ स्थानमा रहेका छन् ।

मंगलबार बिहान ७ बजेसम्म समानुपातिकतर्फ खसेको मत यस्तो छ-
 

१. नेकपा एमाले- ९४०६८६  
२. नेपाली कांग्रेस- ८८१७५९   
३. माओवादी केन्द्र – ३८६२७९    
४. फोरम – ६५४२९
५. विवेकशील – ५३७२५  
६. राप्रपा – ४८५२५  
७. राजपा- ४२५९६ 
८. नयाँ शक्ति – ३११४१ 
९. जनमोर्चा – २४२८६ 
९. राप्रपा प्रजातान्त्रिक -१९४१२   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै