काठमाडौं । प्रत्यक्ष तर्फको निर्वाचन सकिएका निर्वाचन क्षेत्रहरुमा समानुपातिकतर्फको मतगणना भइरहेको छ ।
हाल भइरहेको मतणनाको प्रारम्भिक नतिजा अनुसार एमाले र काँग्रेसबीच कडा प्रतिष्पर्धा भैरहेको छ । पछिल्लो मत परिणाम अनुसार एमाले अगाडी रहेको छ । एमालेले समानुपातिकमा ६ लाख मत कटाएको छ ।
माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । त्यस्तै विवेकशील चौथो स्थानमा रहेको छ भने राप्रपा पाचौ, फोरम छैठौ स्थानमा रहेको छ । त्यस्तै राजपा सातौ र नयाँ शक्ति अठौ स्थानमा रहेको छ ।
सोमबार साँझ ८ बजेसम्म समानुपातिकतर्फ खसेको मत यस्तो छ-
१. नेकपा एमाले- ६२४२५०
२. नेपाली कांग्रेस- ५८४८१९
३. माओवादी केन्द्र - २६९७५९
४. विवेकशील साझा- ३६७३५
५. राप्रपा- ३६०३७
६. संघीय फोरम – ३०५७६
७. राजपा- २८०७९
८. नयाँ शक्ति – २३७३५
९. राप्रपा प्रजातान्त्रिक -१३१५५