• २०८१ बैशाख १२ बुधबार

राष्ट्र बैंकले आगामी ३१ गते १२ वर्षे अवधिको पाँच अर्बको विकास ऋणपत्र जारी गर्ने

kharibot

काठमाडौं । यही साउन ३१ गते नेपाल राष्ट्र बैंकले पुुनः पाँच अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सो दिन १२ वर्षे अवधिको विकास ऋणपत्र २०८६ (ख) जारी गर्नलागेको हो ।

राष्ट्र बैंकको राष्ट्रऋण व्यवस्थापन बिभागका अनुसार ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले सो दिन अपराह्न तीन बजेसम्म आवेदन दिनुुपर्ने छ । जारी मिती २०७४ साउन ३२ गते  तोकिएको ऋणपत्रको साँवा भुक्तानी मिति २०८६ साउन ३२ गते तोकिएको छ । अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने उक्त ऋणपत्र धितो राखेर कर्जा समेत निकाल्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्कासित रकमको ८० र २० प्रतिशत अर्थात चार सय करोड र एक सय करोड रुपैयाँ छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ भने अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाट गरिने छ ।

खरिदकर्ताहरुले घटीमा पचास हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सक्नेछन । ऋणपत्र खरीदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् भने

इजाजत प्राप्त “क”, “ख” र “ग” वर्गका वित्तीय संस्थाले अप्रतिस्पर्धीको रुपमा भाग लिन पाउनेछैनन्, राष्ट्र बैंकले भनेको छ । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्जमार्फत हुुनेछ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै