• २०८१ बैशाख ११ मंगलबार

फिल्म ‘फ्लप’ भएपछि शाहरुखले निर्माता-वितरकको पैसा फिर्ता गरे 

kharibot

मुम्बई । बलिवुडका किंग खान शाहरुख खान अभिनय र उनका फिल्मका बारेमा चर्चामा आइरहेपनि पछिल्लो समय फेरी उनको पछिल्लो समय रिलिज भएको फिल्म हैरी मेट सेजलका कारण चर्चामा आएका छन् । 

अनुष्का शर्मासँग अभिनय गरेको यो फिल्म फ्लप भएपछि शाहरुखले फिल्मका वितरकहरुको पैसा फर्काएका छन् ।

फिल्मले एक सय करोडको व्यापार गर्छ भन्ने मान्यतामा वितरकहरुले पैसा लगानी गरेका थिए । तर फिल्मले ६४.३३ करोड मात्र व्यापार गर्यो । फिल्म असफल भएपछि शाहरुखले वितरकको पैसा फिर्ता गर्नुपर्छ भन्ने सन्देस वितरकहरुले सन्देस पठाएको रिपोर्ट यसअघि नै आएको थियो ।

फिल्म असफल भएपछि शाहरुखले फिल्ममा लगानी गर्ने एमएच स्टुडियोको १५ प्रतिशत रकम फिर्ता गरेका छन् भने वितरकको ३० प्रतिशत रकम फिर्ता गरेको रिपोर्ट बलिवुडमा आएको छ ।

शाहरुखले यसअघि पनि फिल्म नचलेपछि वितरकक ओपैसा फिर्ता गरेका थिए । उनले यसअघि अशोका, पहेली, दिलवाले जस्ता फिल्मको पैसा फिर्ता गरेका थिए ।

बलिवुडमा फिल्म नचलेपछि पैसा फिर्ता गर्ने सिमिति सुपरस्टारहरुमा शाहरुखक अलावा सलमान खान पनि हुन् । उनले पछिल्लो फिल्म ट्युबलाइट फ्लप भएपछि वितरकको ३५ करोड लगानी फिर्ता गरेका थिए ।   

    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै