फिल्म ‘फ्लप’ भएपछि शाहरुखले निर्माता-वितरकको पैसा फिर्ता गरे 

खरीबोट

मुम्बई । बलिवुडका किंग खान शाहरुख खान अभिनय र उनका फिल्मका बारेमा चर्चामा आइरहेपनि पछिल्लो समय फेरी उनको पछिल्लो समय रिलिज भएको फिल्म हैरी मेट सेजलका कारण चर्चामा आएका छन् । 

अनुष्का शर्मासँग अभिनय गरेको यो फिल्म फ्लप भएपछि शाहरुखले फिल्मका वितरकहरुको पैसा फर्काएका छन् ।

फिल्मले एक सय करोडको व्यापार गर्छ भन्ने मान्यतामा वितरकहरुले पैसा लगानी गरेका थिए । तर फिल्मले ६४.३३ करोड मात्र व्यापार गर्यो । फिल्म असफल भएपछि शाहरुखले वितरकको पैसा फिर्ता गर्नुपर्छ भन्ने सन्देस वितरकहरुले सन्देस पठाएको रिपोर्ट यसअघि नै आएको थियो ।

फिल्म असफल भएपछि शाहरुखले फिल्ममा लगानी गर्ने एमएच स्टुडियोको १५ प्रतिशत रकम फिर्ता गरेका छन् भने वितरकको ३० प्रतिशत रकम फिर्ता गरेको रिपोर्ट बलिवुडमा आएको छ ।

शाहरुखले यसअघि पनि फिल्म नचलेपछि वितरकक ओपैसा फिर्ता गरेका थिए । उनले यसअघि अशोका, पहेली, दिलवाले जस्ता फिल्मको पैसा फिर्ता गरेका थिए ।

बलिवुडमा फिल्म नचलेपछि पैसा फिर्ता गर्ने सिमिति सुपरस्टारहरुमा शाहरुखक अलावा सलमान खान पनि हुन् । उनले पछिल्लो फिल्म ट्युबलाइट फ्लप भएपछि वितरकको ३५ करोड लगानी फिर्ता गरेका थिए ।   

    
 

सम्बन्धित समाचार

ट्वीटरमा मोदी र बच्चनपछि शाहरुखका पनि तीन करोड फलोअर 

मुम्बई । बलिवुडका बादशाह शाहरुख खानले हालै आफ्नो ५२औ जन्मदिन मनाएका छन् ।  जन्मदिनको खुशियालीसँगै शाहरुख खान सामाजिक सञ्जाल ट्वीटरमा भारतमा तीन करोड फलोवर हुनेमा प्रधानमन्त्री नरेन्द्र मोदी र अमिताभ बच्चन

धूम सिरिजको चर्चित ‘चोर’ मा शाहरुखको चर्चा 

मुम्बई । बलिवुडका किंग खान शाहरुख खानले हालै आफ्नो ५२औ जन्मदिन मनाएका छन् । यसै अवसरमा यश राजको चर्चित फिल्म धुम सिरिजको नयाँ सिरिजका लागि ‘चोर’ को भूमिकामा शाहरुख खानलाई प्रस्ताव

५१ पूरा भए बलिउड बादशाह शाहरुख खान, हेर्नुहोस् उनका चर्चित १० भनाइ

मुम्बई । बलिउडमा किंङ खानको पहिचान बनाएका बलिउड नायक शाह रुख खानको बिहीबार ५१ वर्ष पूरा गरेका छन् ।  उनी दिल्लीको एक सामान्य परिवारका मान्छे हुन्। तर, उनको मिहिनेत र संघर्षले

शाहरुख खानको फिल्म 'जब हेरी मेट सेजल'को पहिलो दिनको व्यापार औसत 

बलिवुड अभिनेता शाहरुख खानको फिल्म जब हेरी मेट सेजलले पहिलो दिन शुक्रबार भारतीय बक्स अफिसमा १६.५ करोड भारतीय रुपैयाको कारोबार गरेको छ । फिल्मलाई विश्लेषकहरुले औसत फिल्म बताएका छन् । शाहरुख