• २०८१ बैशाख १२ बुधबार

मुलुक आर्थिक समृद्धिको नयाँ चरणमा प्रवेश गरेको छ–उपराष्ट्रपति पुन

kharibot

फाइल फोटो ।

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा राजनीतिक संक्रमणको अन्त्य भई अब आर्थिक समृद्धिको नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । 

नवौँ मानवअधिकार राष्ट्रिय महाभेलाको समापन समारोहमा उनले देशमा हालै सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन तथा नयाँ जनादेशबाट गठन हुने सरकारले उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गरी रोजगार सिर्जना गर्ने र आर्थिक सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्ने विश्वास व्यक्त गरे । 

उपराष्ट्रपति पुनले संविधान कार्यान्वयनका लागि दलहरुले खेलेको भूमिकाको सराहना गर्दै एक आपसमा सहमति र सहकार्यबाट देशलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । 

गरिब वर्गलाई राज्यको मूलधारमा नल्याएसम्म मुलुकमा आर्थिक समृद्धि कायम हुन नसक्ने र मानव अधिकारसमेत प्रभावकारी रुपमा कार्यान्वयन हुन सक्दैन्, उनले भने, ‘विगतमा मानवअधिकार आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका विषयमा केन्द्रित थियो, ७० को दशकमा सामूहिक अधिकारका रुपमा व्यापक प्रचलनमा ल्याइयो, अहिले शान्ति, लोकतन्त्रका साथै गरिबी र भोकमारीको अन्त्य गर्ने सन्दर्भमा जोडिएको छ ।’

उपराष्ट्रपति पुनले बाल श्रम, घरेलु हिंसा, युवा जनशक्ति विदेशिन परेका विषयवस्तु समेत मानव अधिकारको क्षेत्रभित्र समेटिनपर्नेमा पनि जोड दिए । 

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारी तथा अधिकारकर्मी कपिल श्रेष्ठ र डा मीना आचार्यलगायतले सो अधिकार सास्वत अधिकार भएको बताउँदै विभेदको अन्त्य गर्नुपर्नेमा धारणा व्यक्त गरे । 

नवौँ मानव अधिकार राष्ट्रिय महाभेलाका संयोजक लिली थापाले देशमा मानवअधिकारको संरक्षण र संवद्र्धन हुन नसकेकामा चिन्ता व्यक्त गर्दै यसका लागि सवै अधिकारकर्मी एकजुट हुन आवश्यक रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै