मौका छोपेर निर्णय नगर्न एमालेको चेतावनी

खरीबोट

काठमाडौँ । नेकपा एमाले ले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलगत्तै वर्तमान सरकारले विभिन्न निकायमा राजनीतिक नियुक्ति गरेको र गर्न लागेको भन्दै विरोध गरेको छ । 

एमाले महासचिव ईश्वार पोखरेलले आज विज्ञप्ति जारी गरी सरकारले आज गोरखापत्र संस्थान, चलचित्र विकास बोर्डलगायतमा नियुक्ति गरेकामा विरोध गर्र्दै यस्ता निर्णयमा निजामती कर्मचारीका सम्बन्धित जिम्मेवार पदाधिकारीलाई समेत संलग्न नहुन सचेत गराए । 

‘यस्तो समयमा मौका छोपेर नियुक्तिको निर्णय गरिनु सरकारको दुराशय र जनादेशविपरीत कदम हो’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताले वाम गठबन्धनलाई दुई तिहाइ बहुमतको समर्थन प्रदान गरी निर्वाचित गरेको सन्दर्भमा यस्ता जुनसुकै निर्णयको निरन्तरता नयाँ सरकारले किमार्थ नदिने समेत सबैमा स्पष्ट गर्दछौंँ ।’

सम्बन्धित समाचार

२४ गतेको निर्वाचनलाई उम्मेदवार टुंगो लगाउन दलहरूको दौडधूप

काठमाडौँ / राष्ट्रियसभा सदस्यको निर्वाचन तालिकाअनुसार उम्मेदवारको मनोनयनपत्र दर्ताको मिति नजिकिएसँगै प्रमुख दल आफ्ना उम्मेदवार टुंगो लगाउन व्यस्त छन् ।  निर्वाचन आयोगका अनुसार माघ १० गते उम्मेदवारको मनोनयन दर्ता, माघ १५ गते

सिलवाललाई पक्रिन इन्टरपोलमा सूचना राखेकोमा एमालेको आपत्ति

काठमाडौं । ललितपुर क्षेत्र नम्ब १ का सांसद नवराज सिलवाललाई पक्राउ गर्न इन्टरपोलमा सूचना राखेकोमा नेकपा एमालेले कडा आपत्ति जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा बसेको

राष्ट्रियसभाका लागि तीन प्रदेशमा एमालेका उम्मेदवार तय, को को परे ?

काठमाडौँ । नेकपा (एमाले) ले आशन्न राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार तय गरेको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सम्पन्न स्थायी कमिटी बैठकले ती नाम तय गरेको हो ।

प्रदेश नम्बर ६ मा आफ्नो मुख्यमन्त्री हुने एमाले संसदीय दलको निर्णय 

सुर्खेत । नेकपा एमालेले प्रदेश नम्बर ६ मा आफ्नो नेतृत्वमा सरकार गठन गर्ने बताएको छ । सोमबार विरेन्द्रनगरमा सम्पन्न संसदीय दलको पहिलो बैठकले आफ्नो नेतृत्वमा सरकार गठन गर्नका लागि एकता संयोजन